शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकामा अवार्ड गर्ने तयारीमा चलचित्र संघ, बिद्यार्थीलाई चलचित्र हेराउन सिने क्वीज र मुभि अफ द मन्थ कार्यक्रम

मङ्गलबार, १६ जेठ २०७४, १८ : ०९
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६ – नेपाल चलचित्र संघले चलचित्रकर्मीलाई सम्मान तथा प्रोत्साहनका लागि ‘नेम्पा फिल्म अवार्ड २०१७’ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहिचान गराउँदै बजार विस्तार गर्ने उदेश्यले संघले यो अवार्ड आयोजना गर्न लागेको हो । मंगलबार संघले आफ्नै कार्यालय बिशालनगरमा एक कार्यक्रमको आयोजना गर्दै अवार्डको बिभिन्न पक्षबारे जानकारी दियो । अमेरिकामा आयोजना गरिने ‘नेम्पा फिल्म अवार्ड २०१७’मा एक ‘लाइफ टाइम अचिभमेन्ट’ बाहेका १८ बिधामा बाँडिने जानकारी कार्यक्रममा दिइयो । संघले यो अवार्ड अमेरिकाको डेभस् इन्टरटेमेन्टसँगको सहकार्यमा सेब्टेम्बर दोस्रो साता आयोजना गर्ने तयारी गरेको छ । सो अवसरमा अमेरिकामा रहेका नेपाली चलचित्रका पारखी र नेपाली चलचित्रकर्मी बीच एक अन्तरक्रिया समेत चल्नेछ । नेपालका ४० बढी चलचित्रकर्मीको अवार्डमा सहभागीता रहने आयोजकले जनाएको छ । कार्यक्रममा अर्काे बर्ष यो अवार्ड अष्ट्रेलियामा हुने समेत जानकारी दिइयो । अष्ट्रेलियामा यो अवार्ड संघले के गरिरा डटसँगको सहकार्यमा गर्नेछ । संघले यसै बर्षबाट विद्यार्थीहरुको नेपाली चलचित्र प्रति रुचि जगाउने उद्देश्यले सिने क्वीज र मुभि अफद मन्थ कार्यक्रममा पनि संचालनमा ल्याउन लागेको छ । क्यूएफएक्स चलचित्र भवनको सहकार्यमा संचालनमा ल्याउन लागेको सिने क्वीज ३ चरणमा गरिने गरिनेछ । प्रतियोगीताको प्रथम चरणमा पूर्वाञ्चल (नारायणी नदी पूर्व) ८ जिल्ला, पश्चिामाञ्चल (नारायणी नदी पश्चिम) १० जिल्ला, उपत्यकका ४ जिल्लाका विभिन्न कलेजहरु बीच हुनेछ । दोश्रो चरणमा पूर्वाञ्चलका ८ जिल्लाका ८ टिम बीच पूर्वाञ्चल स्तरीय र पश्चिमाञ्चलका १० जिल्लाका १० टिम बीच पश्चिमाञ्चल स्तरीय उपत्यकाका ४ जिल्लाका ४ टिम बीच उपत्यका स्तरीय प्रतियोगिता र अन्तिम चरणमा काठमाण्डौमा पूर्वाञ्चलका २ टिम पश्चिमाञ्चलका २ टिम र काठमाण्डौको १ टिम गरी ५ टिम बीच अन्तिम प्रतिस्पर्धा गराई विजेता घोषणा गरिनेछ । यस्तै मुभि अफद मन्थमा विद्यार्थी र चलचित्रकर्मी बीच प्रत्यक्ष भेटघाट गराउने उद्देश्यले १० कलेजका ४० विद्यार्थी (२० छात्रर २० छात्रा) लाई नेपाली चलचित्र प्रदर्शन गरिनेछ । सो चलचित्र प्रदर्शन पश्चात् प्रदर्शित चलचित्रका नायक, नायिका, निर्देशक र निर्माताहरु बीच अन्तरक्रिया समेत गरिनेछ । मुभि अफद मन्थ नेपाल फिल्म सोसाइटीको सहकार्यमा हरेक महिनाको एक दिन नेपाल चलचित्र संघको प्रेक्षलयमा गरिने अध्यक्ष उदयले जानकारी दिए । कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको बारेमा बहस छलफल भई नेपाली चलचित्र प्रति विद्यार्थीहरुको अभिरुचि बढ्न जाने विश्वास आफुले लिएको उदयले बताए । कार्यक्रममा संघले ‘नेम्पा फिल्म अवार्ड २०१७’का लागि २०७३ साल भित्र प्रदर्शनमा आएका चलचित्रहरुबाट आवेदन समेत आवहान गरेको छ । निशुल्क आवेदन दिने ब्यवस्था गरिएको अवार्डमा सहभागी हुन चाहने चलचित्रले जेष्ठ मसान्त भित्र संघको कार्यालयमा आवेदन दिन ब्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप