ब्राजिलमा बाढी सातको मृत्यु, ४८ हजार विस्थापित
मङ्गलबार, १६ जेठ २०७४, १८ : १५
रियो डि जानेरियो, जेठ १६ – उत्तरी ब्राजिलमा आएको भीषण बाढीमा परी सात जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण ४८ हजार सर्वसाधारण विस्थापित भएका छन् ।
यस बाढीबाट पेर्नाम्बुको प्रदेश अत्यन्त प्रभावित भएको र त्यहाँ दुई जनाको मृत्यु हुनुको साथै ४४ हजार भन्दा बढी विस्थापित भएका अधिकारीहरुले सोमबार जनाएका छन् । त्यसैगरी दुई हजार ६०० घरहरुमा क्षति पुगेको र १५ ओटा सहरलाई आइतबार राज्य संकटको घोषणा गरिएको छ ।
यसैबीच अलागोएज प्रदेशमा बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुने मध्ये बालबालिका पनि रहेकाSet featured image छन् ।
पेर्नाम्बुको र अलागोएज प्रदेशमा केहीदिन देखि बर्षा भईरहेको छ । त्यस बाहेक पारैबा प्रदेशसहित केही प्रदेशहरुमा पनि बाढी पहिरो आइरहेको जनाइएको छ ।
ब्राजिलका राष्ट्रपति मिचेल टेमरले आइतबार बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पेर्नाम्बुको प्रदेशका गभर्नर पाउलो कामरासँग भेट्नु भएको छ । रासस/ सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण