साझा पार्टीले भन्यो– चुनावको मिति सच्चाउ
मङ्गलबार, १६ जेठ २०७४, १८ : १७
काठमाडौं, जेठ १६– रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले चुनाव मिति सच्चाउन आग्रह गरेको छ । पार्टीका प्रवक्ता सूर्यराज आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै दोस्रो पटक सारिएको मिति उपयुक्त नभएको जनाएका छन् ।
चुनावको मिति रमजानको अन्तिम शुक्रबार नपार्न साझा पार्टीले आग्रह गरेको हो । सरकारले स्थानीय तहको दोस्रो चरणको चुनावको पूर्व निर्धारित मिति सारेर आउँदो असार ९ गतेका लागि तोकेको छ ।
असार ९ गने इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अन्तिम शुक्रबार परेको उल्लेख गर्दै साझा पार्टीले सो दिन एक महिने व्रत (रोजा) का बेला अझ महत्वपूर्ण मानिने जनाएका छ ।
इस्लाम धर्मावलम्बीको महान चाड ईद–उल–फित्रको दुई–तीन दिनअघि र रमजानको अन्तिम शुक्रबार चुनावको मिति राखिएको भन्दै साझा पार्टीले निर्वाचनको मिति अविलम्ब पुनर्विचार गर्न आग्रह गरेको छ ।
१२ लाख भन्दा बढी इस्लाम धर्मावलम्बी रहेको मुलुकमा रोजाका बेला निर्वाचनको मिति उपयुक्त नभएको सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण