२८ दिनअघि वेपत्ता भएका वली मृत भेटिए
मङ्गलबार, १६ जेठ २०७४, १८ : २४
ओपेन्द्र बस्नेत
तुलसीपुर, जेठ १६– बेपत्ता भएका तुलसीपुरका रत्नबहादुर वली मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । तुलसीपुर उपमहानगरपालिका ५ निवासी मृतक वली गत बैशाख १९ गतेदेखि एकाएक बेपत्ता भएका थिए । वलीले विगत लामो समयदेखि जग्गा कारोबार समेत गर्दै आएको बताइएको छ ।
घोराही लमही सडक खण्ड अन्तर्गत चौपट्टाको जंगलमा वली मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
वलीकी श्रीमतीले शव, आफ्नो श्रीमानको भएको बताएपछि सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक धिरजप्रताप सिंहले जानकारी दिए । ‘श्रीमतिलाई पनि लगेका थियौं, ‘प्रहरी उपरिक्षक सिंहले भने, ‘पर्समा रहेको सुनको टुक्रा, रुमाल, नङ र चप्पलका आधारमा मेरो श्रीमान हुनुहुन्छ भनेपछि सनाखत भयो ।’
घटनाको प्रकृति र आफन्तको भनाईका आधारमा हत्या नभई वलीले आतमहत्या गरेको प्रहरी उपरीक्षक सिंहले बताए ।
शव कुहिएको छ । एउटा दाँत झरेको छ । शव पोस्टमार्टमका लागि राप्ती उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ ।
मृतक वली २८ दिन अघि घरबाट बेपत्ता भएका थिए । चिठीमा आर्थिक भार थेक्न नसकेकाले आफू घर छोडेर गएको र बाँकी ऋण तिर्न अनुरोध गरेका थिए । वली मंगलबार विहान जंगलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण