राजपाका जिल्ला अध्यक्षसहित सिङ्गो पार्टी माओवादीमा प्रवेश
मङ्गलबार, १६ जेठ २०७४, १८ : ३१
सुनसरी, जेठ १६– सुनसरीमा राष्ट्रिय जनता पार्टीका जिल्ला अध्यक्ष उमेश साहसहित सिङ्गो जिल्ला समिति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । माओवादी केन्द्र इटहरी वडा नं. १७ ले मंगलबार आयोजना गरेको पार्टी प्रवेश तथा प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा झण्डै सयजना राजपाका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा वैद्य माओवादीका नेता रामप्रसाद पौडेल, मानबहादुर बस्नेत पनि माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरिएको छ ।
त्यस्तै संघिय समाजवादी पार्टी जिल्ला सदस्य विवीहाङ्ग राईको नेतृत्वमा भीमबहादुर राई, इन्द्रकुमार भुजेल, मनिकला राई लगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नेता पिताम्बर थापा (भुपाल) पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सो अवसरमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार प्रभातकुमार आचार्यले ४८ बुँदामा प्रतिवद्धतापत्रसमेत सार्वजनिक गरेका छन् ।
कार्यक्रमलाई माओवादी केन्द्रका प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किरातीले सम्बोधन गरेका थिए । उनले नेकपा एमाले सहमति र सहकार्य भाँड्ने खेलमा लागेको आरोप लगाए । उनले एमाले बहुमत ल्याएर पूर्वराजा ज्ञानेन्द्रलाई राष्ट्रपति बनाउने खेलमा लागेको बताए ।
इन्ञ्चार्ज किराँतीले एमालेले परिर्वतनका एजेण्डलाई उल्ट्याएर मुलुकलाई प्रतिगमनतिर प्रयास गरिरहेको बताएका थिए । कार्यक्रमलाई प्रदेश संयोजक, सावित्रीकुमार काफ्ले (समर), माओवादी केन्द्रको तर्फबाट इटहरी उपमहानगरपालिकाका लागि मेयरका उम्मेदवार विरता किराती, उपमेयर सागर सुवेदी लगायत पार्टी प्रवेश गर्ने नेताहरुले मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण