शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एमाले र नेमकिपाको कब्जामा स्थानीय तहको नेतृत्व

मङ्गलबार, १६ जेठ २०७४, १८ : ४८
मङ्गलबार, १६ जेठ २०७४
हेमराज ढकाल भक्तपुर, जेठ १६– बैशाख ३१ गते सम्पन्न स्थानीय तहको मत परिणामअनुसार भक्तपुर जिल्लाका स्थानीय तहको नेतृत्व वामपन्थीहरुले कब्जा गरेका छन् । जनमतअनुसार नेकपा एमाले तीन नगरपालिका र नेमकिपा एक ठाउँमा बिजयी भएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र कुनै पनि नगरपालिकामा नेतृत्व जित्न सकेनन् । तर कांग्रेसले वडामा भने जित हासिल गरेपनि माओवादी भने एउटा सदस्यपनि जित्न सकेन । चार नगरपालिका रहेको भक्तपुरमा सुर्यविनायक र चाँगुनारायण नेकपा एमालेको उम्मेदवारले नगरप्रमुख र उपप्रमुख जितेका छन् । मध्यपुरमा नेकपा एमालेको उम्मेदवारले नगरप्रमुख जीत हासिल गरेका छन् । भक्तपुर नगरपालिकाको सम्पूर्ण सिटमा नेपाल मजदुर किसान पार्टीले जित हासिल गरेको छ । सूर्यविनायकको नगरप्रमुखमा एमालेका बाशुदेव थापा र उपप्रमुखमा जुना बस्नेत बिजयी भए । चाँगुनाराणय नेकपा एमालेको उम्मेदवार नगर प्रमुख सोम प्रसाद मिश्र र उपप्रमुख विणा बास्तोला बिजयी भएकी छिन् । मध्यपुर नेकपा एमाले नगरप्रममुख मात्र जितेको छ । प्रमुखमा एमालेको मदन सुन्दर श्रेष्ठ बिजयी भएका छन् । मध्यपुर नगरपालिकामा एमाले र नेमकिपाको गठबन्धन भएपनि उपप्रमुखमा भने नेपाली कांग्रेसकी अन्जना मधिकर्मी बिजयी भएकी हुन् । भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाका सुनिल प्रजापति र उपप्रमुखमा सोही पार्टीकी रजनी जोशी बिजयी भएकी छिन् । चार नगरपालिकामा रहेको ३८ वडा मध्ये कसको जित कतिमा ? सुर्यविनायक नगरपालिका जम्मा वडा १० रहेको छ । –एमालेले वडा नम्बर १, ५, ७, ८, ९ र १० गरि छ वडामा जित हासिल गरेको छ । –कांग्रेसले २, ३ र ६ वडामा जित हासिल गरेको छ । चाँगुनारायण नगरपालिका जम्मा वडा ९ रहेको छ । –एमालेले वडाहरु ३, ४, ६ र ८ मा जित हासिल गरेको छ । –नेपाली काग्रेसले १, २, ५ र ७ मा जितेको छ । – ९ नम्बर वडामा नेमकिपाले जित हासिल गरेको छ । भक्तपुर नगरपालिका जम्मा वडा १० रहेको छ । १ देखि १० वडा सबैमा नेमकिपाले जित हासिल गरेको छ । मध्यपुर थिमी नगरपालिका जम्मा ९ वडा रहेको छ । एमालेले १ वटा वडा जितेको छ । कांग्रेसले ६ वटा वडा जितेको छ । नेमकिपा १ वटा जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप