६ हजार प्रस्ताव अस्विकार गरेपछि अब तय भयो ‘बाहुबली’ प्रभासको विवाह
एजेन्सी
जेठ १६ – ‘बाहुबली टु’ ले बक्स अफिसमा कमाईको सबै रेकर्ड तोडेको छ । फिल्मका कारण यसका मुख्य नायक प्रभास निकै चर्चित भएका छन् । केही समयअघि प्रभासले ६ हजार विवाहको प्रस्तावलाई अस्विकार गरेको भन्ने खबर सार्वजनिक भएको थियो अब उनको विवाह तय भएको भनी विभिन्न भारतीय संचार माध्यमले लेखेका छन् ।
रिपोर्टलाई मान्ने हो भने प्रभासले रासी सिमेन्टका चेयरम्यान भूपती राजाकी नातिनीको विवाहको प्रस्तावलाई ‘ग्रिन सिग्नल’ दिएका छन् । यद्यपी, यसबारे प्रभासको परिवारबाट कुनै बयान सार्वजनिक भएको छैन ।
बाहुबली फिल्मका कारण प्रभासले अहिलेसम्म विवाह गरेका थिएनन् । उनले अहिलेसम्म ६ हजार विवाहको प्रस्ताव अस्विकार गरिसकेका छन् ।
बाहुबली सिरिजमा लगभग पाँच वर्षसम्म व्यस्त भएपछि नायक प्रभासले अहिले ब्रेक लिएका छन् । ३७ वर्षीय प्रभास आजकाल अमेरिकामा आफ्ना साथीहरुसँग छुट्टी मनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण