सर्वोच्चको आदेश : पार्किङको व्यवस्था नहुनुको कारण देखाउ
मङ्गलबार, १६ जेठ २०७४, १८ : ५१
काठमाडौँ, जेठ १६ – सर्वोच्च अदालतले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका उपयुक्त स्थानमा पार्किङको व्यवस्था नगर्नुको कारणसहित लिखित जवाफ सरकारसँग माग गरेको छ ।
न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठको एकल इजलासले आज सरकारका नाममा कारण देखाउ आदेशसहित अग्राधिकार दिएर लिखित जवाफ माग गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतलाई विपक्षी बनाई अधिवक्ता तुलसी सिम्खडाले यही जेठ १४ गते चार महानगरपालिका, १३ उपमहानगरपालिका र २४६ नगरपालिकाका उपयुक्त स्थानमा पार्किङको व्यवस्था हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको थियो ।
रिट निवेदनमा सवारी तथा यातायात ऐन २०४९ का अनुसार उपयुक्त पार्किङको कानुनी व्यवस्था गरिएको भए पनि पार्किङ नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको उल्लेख छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण