शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बालुवाटार पुगेर आयोग पदाधिकारीले प्रधानमन्त्रीलार्इ दिए यस्तो सुझाव

मङ्गलबार, १६ जेठ २०७४, १९ : १०
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६– दोस्रो चरणको निर्वाचनको मिति सार्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेका छन् । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादव, आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल, सुधीरकुमार शाह तथा आयोगका सचिव गोपीनाथ मैनालीसहितको आयोगको टोलीसँग निर्वाचनको मिति सार्नेबारे परामर्श गरेका हुन् । निर्वाचनका लागि राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र मुस्लिम समुदायको पवित्र पर्व रमजानसमेतलाई सम्बोधन गर्न दोस्रो चरणको निर्वाचनको मिति केही दिन पर सार्ने विषयमा सरकारको तर्फबाट प्रधानमन्त्रीले आयोगसँग परामर्श मागेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।असार १३ गते रमादान सकिने र असार १५ गते धान दिवस पर्ने भएकाले १४ गते निर्वाचन गर्नु उपयुक्त हुने सुझाव आयोगले दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अायोग पदाधिकारीहरूले निर्वाचनको मिति सारेर समस्या हुने गुनासो पनि गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसमेत उपस्थित थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप