शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मुश्लिमसँग प्रधानमन्त्रीले भने– असार ९ को चुनाव प्रभावित हुन सक्छ

मङ्गलबार, १६ जेठ २०७४, १९ : २९
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार ९ गते रमजान चाड पर्छ भन्ने कसैलाई पनि हेक्का नभएको बताएका छन् । मंगलबार मुस्लिम समुदायको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई रमजानको हेक्कै नभएकाले भुल भएको स्वीकार गरे । मुश्लिम समुदायको मागप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै प्रचण्डले निर्वाचन आयोग र दलहरुसँग छलफल गरेर निर्णय लिइने बताए । रमजान पर्व प्रभावित नहुने व्यवस्था गर्न आवश्यक निर्णय गरिने पनि प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए । उनले मनसुनका कारण असार ९ को चुनाव प्रभावित हुन सक्ने भन्दै चिन्ता ब्यक्त गरे । असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमजान पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गर्दै मुस्लिम प्रतिनिधिहरुले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । निर्वाचन नभए संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र जस्ता उपलब्धिहरुलाई संस्थागत गर्न कठिन हुने बताउँदै प्रधानमन्त्रीले निर्वाचनको बिकल्प निर्वाचन मात्रै भएकोमा जोड दिएका थिए । जेठ ३१ को निर्वाचनका कारण सारिएको कक्षा ११ को निर्वाचन पनि असार ९ गते पर्नेबारे पनि सरकारको ध्यानाकर्षण गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप