यमबुद्धको जन्मदिनमा ‘पागलपन’ सार्वजनिक
मङ्गलबार, १६ जेठ २०७४, १९ : ४८
काठमाडौं, जेठ १६– युवा पुस्ताका चर्चित र्यापर गायक यमबुद्धको अन्तिम गीतको म्यूजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ । यमबुद्धको जन्म दिन पारेर मंगलबार उनको अन्तिम गीत ‘पागलपन’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
पागलपन बोलको गीतलाई नायक तथा निर्माता रेश मरहठ्ठाले निर्माण गरेका हुन् । अभिनेता रेश यमबुद्धका बहिनी ज्वाईं हुन् । यो गीतको म्युजिक भिडियोमा रेशले नै अभिनय गरेका छन् ।
रेशसँगै यो गीतमा चर्चित नायिका प्रियंका कार्की र अशिमा अर्यालको समेत अभिनय छ । यो भिडियोको पोष्ट प्रोडक्सन तथा निर्देशन दिनेश जंग रानाले गरेका हुन् । गीतमा म्युजिक भने शैलेश श्रेष्ठले दिएका छन् भने भिडियोको छायांकन राजेन्द्र समनले गरेका छन् ।
यो गीतको भिडियो अमेरिकामा छायांकन गरिएको हो । पागलपन बोलको गीतको भिडियोलाई सङ्गस नेपालले यूट्युब च्यानलबाट सार्वजनिक गरेको हो । नेपाली गीत संगीतको क्षेत्रमा बिल्कुलै फरक विधालाई स्थापित गराई यमबुद्धले युवा पुस्ता माझ हिपहप र ¥याप गीतसंगीतलाई चिनाएका थिए ।
सन् २००९ मा उनले गाएको साथी बोलको गीतले नै युवाहरु माझ पहिलो पटक आफूलाई चिनाएका थिए । २०४४ सालमा जन्मेका अनिल अधिकारी अर्थात् यमबुद्धको निधन २०७३ माघ १ गते लण्डनमा भएको थियो ।
हेर्नुहोस्, भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण