डोल्पाका कैदीबन्दीलाई कम्प्युटर सेट प्रदान
मङ्गलबार, १६ जेठ २०७४, २० : ०१
डोल्पा, जेठ १६– डोल्पा सदरमुकाम दुनैमा रहेको जिल्ला कारागारका कैदीबन्दीहरुलाई टेलिभिजन सहित हेर्न मिल्ने कम्प्युटर सेट प्रदान गरिएको छ ।
मंगलबार शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको तर्फबाट कैदीबन्दी लाई टेलिभिजनसहित हेर्न मिल्ने कम्प्युटर सेट र कम्प्युटर हार्डडिक्समा जैविक बिविधता संरक्षण सम्बन्धि भिडियो कार्यक्रमहरु राखेर प्रदान गरिएको निकुञ्जले जनाएको छ ।
कैदिबन्दीहरुले खाली समयको उपयोग गर्दै कम्प्युटर हार्डडीक्समा राखिएको भिडियो कार्यक्रमहरु हेरेर मनोरञ्जनका साथ जैविक बिविधता संरक्षण शिक्षा सम्बन्धि जानकारी पाउने र यसबाट जैबिक बिविधता संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको निकुञ्जको संरक्षण अधिकृत रामदेब चौधरीले बताए ।
निकुञ्जुका संरक्षण अधिकृत चौधरीका अनुसार उनीहरुले आफ्नो सजाय भुक्तान गरिसकेपछि फेरि पनि अपराधिक क्रियाकलापमा संलग्न नहुन भन्दै तथा आफुले पाएका जैविक बिविधता संरक्षण सम्बन्धि ज्ञान अरुलाई पनि सिकाउने र यसबाट प्रकृति तथा बन्यजन्तुको संरक्षणमा सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ ।
अहिले जिल्ला कारगार डोल्पामा १८ जना कैदी १२ जना बन्दीहरु रहेका छन् ।
रामचन्द्र न्यौपानेबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण