निर्वाचनको मितिमा पुनः विचार गर्न साझा पार्टीको आग्रह
मङ्गलबार, १६ जेठ २०७४, २० : २८
काठमाडौँ, जेठ १६ – साझा पार्टीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानको अन्तिम शुक्रबारका दिन पारेर आगामी असार ९ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने भनी सरकारले गरेको पछिल्लो निर्णयमा पुनः विचार गर्न आग्रह गरेको छ ।
इस्लाम धर्मावलम्बीको महान् पर्व इदउल–फित्रको समय पारेर चुनावको मिति राखिएकोले त्यसबारे अविलम्ब पुनर्विचार गर्न सो पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले विज्ञप्तिमार्फत आग्रह गरेको हो ।
पछिल्लो जनगणना अनुसार नेपालमा १२ लाख भन्दा बढी इस्लाम धर्मावलम्बी छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण