शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

यस्तो रह्यो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता

मङ्गलबार, १६ जेठ २०७४, २० : ३६
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौँ, जेठ १६ – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा मध्यमाञ्चल विकास क्षेत्र र मध्यपश्चिमाञ्च विकास क्षेत्रले अङ्क बाँडेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा वर्षाले दोस्रो इनिङ्सको खेल अवरुद्ध पारेपछि दुवै टोलीले समान एक एक अङ्क बाडेका हुन् । टस हारेर पहिले ब्याटिङ गरेको मध्यपश्चिमलले ४३ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १२३ रन बनायो । १२४ रनको विजय लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४ दशमलव २ ओभरमा १ विकेट गुमाएर २३ रन बनाएको थियो । त्यसपश्चात लगातार वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल सुरु हुन सकेन र दुवै टोलीले अङ्क बाँडे । मध्यमाञ्चलका लागि भूपेन्द्र थापा १० तथा सोनु तामाङ ११ रनमा अविजित थिए । त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमका लागि राजवीर सिंहले सर्वाधिक ६३ रनको योगदान दिए । त्यस्तै प्रनित थापा मगरले २० तथा अमरसिह राउटेलाले १० रन बनाए । मध्यपश्चिमलाई १२३ रनमा समेट्ने क्रममा मध्यमाञ्चलका किशोर महतो एक्लैले ४ विकेट लिए भने हरिशङ्कर शाहले दुई विकेट लिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप