शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चुनावको मौकामा चोरी बढ्यो, दर्जनौ ठाउँमा चोरी गरेका पाँच चोर समातिए

मङ्गलबार, १६ जेठ २०७४, २० : ५०
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६– चुनाव लगतै काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानहरुमा चोरीका घटनाहरु बढेका छन् । दिउँसोको समयमा मानिस घरमा नभएको मौका पारी ढोका फोडेर कोठामा भएको नगद, सुन चाँदीका गरगहना साथै ल्याप टप, टीभी लगायतका बिभिन्न धनमाल चोरी हुने कार्यमा वृद्धि भएको प्रहरीले जनाएको छ । चोरीका घटनाबढेपछि प्रहरी अपराध महाशाखा तथा प्रहरी बृत्त गौशालाबाट खटिइएको संयुक्त प्रहरी टोलीले विभिन्न ठाउँबाट चोरहरु पक्राउ गरेको छ । मंगलबार काठमाडौंको लाजिम्पाटबाट चोरी कार्यमा सम्लग्न रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन सुकुम्बासी बस्तीका २२ वर्षीय रोनित तिमिल्सिना, मकवानपुरको हेटौडा उपमहानगरपालिका २ घर भएका २२ वर्षीय निरोज विक, काभ्रेको बनेपा ६ घर भएका २२ वर्षीय विजय तामाङ, भक्तपुर सूर्य विनायकका १८ वर्षीय सुजन कार्की र सुनसरीको धरान घर भएका १८ वर्षीय सुजन तामाङ रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले चोरी गरि लगेको एलइडी टीभी २ थान, सुनको टप १ जोर, गालेको सुन १ टुक्रा र स्वरुप परिवर्तन गरिएका चाँदीका मसिना गेडा बरामद गरिएको महानगरीय प्रहरीले जनाएका छ । पक्राउ परेका उनीहरुलाई महानगरीय प्रहरी बृत्त गौशाला पठाइएको छ । उनीहरुले चावहिलस्थित गोपी श्रेष्ठको घरमा डेरा लिई बस्ने टेकबहादुर कटवालको डेराका साथै बालाजु, सितापाइला, बानेश्वर, ठिमी भक्तपुर, ग्वार्को, एकान्तकुना ललितपुर लगायतका एरियामा चोरी गरेको पनि खुल्न आएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप