शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भोलि फेरि आउने भयो सरकारको नयाँ निर्णय, मध्य असारमा दोस्रो चरणको निर्वाचन

मङ्गलबार, १६ जेठ २०७४, २१ : ३०
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौं, जेठ १६– राष्ट्रिय जनता पार्टीलाई मनाउन भनी दश दिनपछि सारिएको स्थानीय तहको निर्वाचन पुनः सर्ने भएको छ । मुश्लिम समुदायको महत्वपूर्ण चाड रमजान पर्ने भन्दै मुश्लिम समुदायले आपत्ति जनाएपछि सरकारले पुनः पाँच दिनपछि सारेर मध्य असारमा निर्वाचन गर्ने भएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुसँगको छलफलपछि सरकारले असार १४ गते स्थानीय तहको बाँकी चार प्रदेशमा निर्वाचन गर्ने भएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसमित सवै निर्वाचन आयुक्तहरुलाई मंगलबार बेलुका बालुवाटर बोलाएर प्रधानमन्त्री प्रचण्डले निर्वाचनबारे परामर्श गरेका थिए । काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिसहितको उपस्थितिमा आयोग पदाधिकारीहरुसँग छलफल गरेपछि सरकारले मध्य असारमा निर्वाचन गर्ने निश्चित गरेको हो । असार १४ गते निर्वाचन गर्ने निर्णय गर्न बुधबार विहान मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मंगलबार नै प्रधानमन्त्री प्रचण्डले मुश्लिम अगुवाहरुले बुझाएको ज्ञापनपत्र बुझ्दै अन्य दल र निर्वाचन आयोगसँग छलफल गरी निर्वाचनको मिति सार्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचनमा भाग नलिने भन्दै आन्दोलन घोषणा गरेका राष्ट्रिय जनता पार्टीका नेताहरुले पनि रमजानमा गर्न लागेको चुनाव सार्न सुझाव दिएका थिए । मंगलबार साँझ प्रमुख निर्वाचन आयुक्त यादवसहित अन्य चार आयुक्त र सचिव गोपीनाथ मैनालीसहितको टोलीसँग प्रधानमन्त्रीले निर्वाचनको मितिबारे परामर्श गरेका थिए । याे पनि पढ्नुस् ः 

प्रधानमन्त्रीले भने– ‘असार ९ गते रमजान भन्ने कसैलाई हेक्कै भएन’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप