शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

राजपाको आरोपः धनुषामा सरिता चौधरीको लुगा च्यातियो

मङ्गलबार, १६ जेठ २०७४, २१ : ३९
मङ्गलबार, १६ जेठ २०७४
काठमाडौ जेठ १६–राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले शान्तिपूर्ण रुपमा निर्वाचन कार्यालयमा तालाबन्दी र घेराउ घेर्न गएका आन्दोलनकारीमाथि प्रहरीले दमन गरी घाइते बनाएको दावी गरेका छन् । अध्यक्ष ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी संविधान संशोधन र जनसंख्याको आधारमा स्थानीय तहको निर्धारण समेतका माग राखी निर्वाचन कार्यालयहरुमा तालाबन्दी र घेराउको क्रममा राजपा नेपालको नेतृत्वमा शान्तिपूर्ण विरोध कार्यक्रम गरिरहेकाहरुमाथि सरकारले आपत्तिजनक रुपमा दमन गरेको दावी गरेका छन् । महोत्तरी, धनुषा, रौतहटका विभिन्न स्थानहरुमा लाठीचार्ज गरी निर्ममतापूर्वक आन्दोलनकारीहरुको कुटपिट गरिएको दावी गर्दै धनुषामा सरिता चौधरीको लुगा च्यात्ने र गाली गलौज गर्दै असभ्य व्यवहार गरिएको दावी समेत विज्ञप्तिमा गरिएको छ । सप्तरीमा शान्तिपूर्ण विरोध कार्यक्रमहरुमा प्रहरीले हस्तक्षेप गरी राजेशकुमार लगायत दर्जनौंलाई घाइते बनाएको र एकसय ५० भन्दा बढी आन्दोलनकारीलाई गिरफ्तार गरेको दावी गरेको छ । शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जनताको पक्षमा रहन राष्ट्रिय/अन्तराष्ट्रिय सम्पूर्ण मानवअधिकारकर्मीहरुलाई राजपा नेपालले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप