विमान दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
मङ्गलबार, १६ जेठ २०७४, २१ : ४३
काठमाडौँ, जेठ १६ – नेपाली काँग्रेसले बाजुराको कोल्टी विमानस्थलमा नेपाली सेनाको एनए ४८ स्काई प्लग जहाज आज दुर्घटनामा परी विमान चालकको मृत्यु र दुई जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
सभापति शेरबहादुर देउवाले घटनामा परी दिवङ्गत भएका विमान चालक कैलाश गुरुङप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घटनाका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको काँग्रेस पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।
साथै काँग्रेसले दाङ लमही निवासी पार्टीका क्रियाशील सदस्य, साहित्यकार एवम् पत्रकार मेदिनीकुमार केवल ९तिवारी० को निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
दार्जिलिङ र सिक्किममा आयोजना हुन लागेको साहित्यसम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा शनिबार उहाँको ६० वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । स्व केवलले नेपाली जनसम्पर्क समिति भारतको विभिन्न पदमा रहेर कार्य समेत गर्नु भएको थियो । नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय केवलले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण