भारतीय राजदूत पुरीले देउवा र प्रचण्डसँग भेटेर के भने ?
मङ्गलबार, १६ जेठ २०७४, २१ : ५१
काठमाडौ जेठ १६–नेपालका लागि भारतीय राजदूता मन्जिव सिह पुरीले मधेशी दल राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गरी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेका छन् ।
भेटमा पुरीले पहिलो चरणको चुनाव सफल पारेकोमा दुवैजना नेतालाई बधाई दिएका छन् भने दोस्रो चरणको चुनाव सफल बनाउन शुभकामना दिएको दुतावास स्रोतले जनाएको छ ।
मधेशी दललाई चुनावमा ल्याउनका के कस्तो प्रयास भइरहेको बारेमा पनि पुरीले जिज्ञासा राखेको बताइएको छ । दुतावास स्रोत भन्छ, पुरीले मधेशवादी दलको असन्तुष्टिलाई पुरा गर्दै चुनावमा सहभागी गराउन सुझाव दिएका छन् ।
राजपा नेपाललाई पनि चुनावमा सहभागि गराए राम्रो सन्देश जाने पुरीको धारणा थियो । उनले राजपा नेपाल पनि चुनावमा जान सकारात्मक रहेकाले वतावरण बनाउन सुझाव दिएको बताइएको छ ।
ती नेताहरुले पनि राजपा नेपालको माग पूरा गराउन सरकार प्रतिवद्ध रहेको र त्यसका लागि गृहकार्यमा लागेको प्रतिक्रिया दिएको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण