शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उपचार कोषलाई ५२ हजार

बुधबार, १७ जेठ २०७४, ०८ : १२
बुधबार, १७ जेठ २०७४
भद्रपुर, १७ जेठ - झापाको बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले पत्रकार सहारा उपचार कोषका लागि ५२ हजार प्रदान गरेका छन् । समाजसेवी कन्दङ्वाले मङ्गलबार उक्त रकम नेपाल पत्रकार महासङ्घ, झापा शाखाका अध्यक्ष तारामणि सापकोटा र महासङ्घका उपाध्यक्ष एवम् पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई प्रदान गरे । श्री कन्दङ्वाले मानव सेवा त्यसमा पनि घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन पत्रकार महासङ्घले थालेको अभियान अनुकरणीय रहेको भन्दै सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप