शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जलेश्वर कारागारमा खटाइयो नेपाली सेना

बुधबार, १७ जेठ २०७४, ०८ : १९
बुधबार, १७ जेठ २०७४
गौशाला, १७ जेठ - महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ्गलबारदेखि नेपाली सेना खटाइएको छ । स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप जलेश्वर कारागारमा नेपाली सेना खटाइएको जेलर शोभेन्द्र ठाकुरले बताए । उनले जलेश्वरको परिकौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणबाट उपसेनानी कृष्णहरि खड्काको नेतृत्वमा ३३ जना नेपाली सैनिकले मङ्गलबारदेखि जलेश्वर कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको बताए । यसअघि जलेश्वर कारागारमा निर्वाचन अवधिभरका लागि नेपाली सेनालाई सो जिम्मेवारी दिइने गरेको जेलर ठाकुरले जानकारी दिए । कारागार सुरक्षाका लागि नेपाली सेनाले जिम्मेवारी सम्हाले पनि प्रशासनिक कामकाजका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी सहायक निरीक्षक सोनु सिंहको नेतृत्वमा सातजना प्रहरीले जलेश्वर कारागारमा सुरक्षा दिँदै आएका छन् । जलेश्वर कारागारमा अहिले ३९ महिला, चार आश्रितसहित ३९७ कैदीबन्दी रहेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप