मेघाङ र तादीमा गाउँ कार्यपालिका गठन
बुधबार, १७ जेठ २०७४, ०८ : २२
नुवाकोट, १७ जेठ - मेघाङ र तादी गाउँपालिकामा कार्यपालिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । ६ वटा वडा रहेको मेघाङमा एलिना तामाङ, बिजुली सुनार, पार्वती भुजेल र शारदा विश्वकर्मा मंगलबार निर्विरोध निर्वाचित भए ।
उनीहरु नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार हुन् । दलिततर्फ राममाँया सुनार र अल्पसङ्ख्यकतर्फ लालबहादुर घले निर्विरोध भए । महिला, दलित र अल्पङ्ख्यकको सहभागितासँगै मेघाङमा गाउँकार्यपालिका र गाउँसभाले पूर्णता पाएको छ । कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य पुगेको निर्वाचन अधिकृत कमलराज ढकालले जानकारी दिए ।
यस्तै, तादी गाउँपालिकाको सदस्यमा काँग्रेसबाट बिमला विश्वकर्मा, अलैँची थापा, सम्झना तामाङ र नेकपा माओवादी केन्द्रबाट यशोदा कट्टेल निर्विरोध निर्वाचित भए ।
दलिततर्फ दीपक परियार र अल्पसङ्ख्यकतर्फ साबित्रा बराम चयन भए। निर्वाचन अधिकृत चन्द्रकान्त खनालका अनुसार तादी गाउँपालिकाको कार्यपालिकामा १४ र गाउँसभामा ३४ सदस्य निर्वाचित भएसँगै पूर्णता पाएको छ ।
जिल्लाको बाँकी स्थानीय तहमा पनि कार्यपालिका सदस्य चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
कार्यपालिका गठनका लागि गाउँपालिकामा यसअघि नै निर्वाचित चार सदस्य महिला चयन हुने र मतदाता भित्रबाट एक एकजना दलित र अल्पसङ्ख्यकको सहभागिता हुने प्रावधान छ । नगरपालिकामा यसअघि निर्वाचितमध्ये पाँच महिला र दलित तथा अल्पसङ्ख्यक गरी तीनजनाको प्रतिनिधित्व हुने कानुनी व्यवस्था छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण