शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

३९ लाखमा बन्यो झोलुङ्गे पुल

बुधबार, १७ जेठ २०७४, ०८ : ३१
बुधबार, १७ जेठ २०७४
म्याग्दी, १७ जेठ - पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीको नेरबाङस्थित गोरङ्खोलामाथि झोलुङ्गे पुलको निर्माण भएको छ । कुल ३९ लाखको लगानीमा बनाइएको ९५ मिटर लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । पुल निर्माणका लागि स्वाप केन्द्रीय अनुदानबाट १९ लाख ९५ हजार ८७२, स्विस दूतावासबाट १० लाख ६३ हजार ४१६, झोलुङ्गे पुल सहयोग इकाई पोखरा र क्षेत्रीयस्तरको साझेदार संस्था पोखराको पाँचलाख ४० हजार सहयोग प्राप्त भएको थियो । मिलन म्याग्दीले भने पुल निर्माणका लागि व्यवस्थापन गरेको थियो । यसैगरी, जिल्ला समन्वय समिति म्याग्दीबाट एकलाख २५ हजार, मुदीको वडा कार्यालयबाट रु एक लाख १२ हजार र स्थानीयवासीको ७५ हजार जनश्रमदानमा पुल निर्माण गरिएको पोखराका प्राविधिक श्रीधर भण्डारीले जानकारी दिए । उनका अनुसार गत वर्षको वैशाख १३ गते सम्झौता भई यही जेठको ४ गते निर्माण सम्पन्न झोलुङ्गे पुलबाट ३०० घरधुरीका एक हजार ८४० जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् । निर्माण सम्पन्न झोलुङ्गे पुलको हालै उद्घाटन गर्दै धौलागिरि गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष थमसरा पुनले पुल निर्माणपछि आवतजावतमा धेरै सहज हुने बताए । उनले गाउँपालिकाका सबै वडामा भौतिक पूर्वाधार विकास गर्ने बताउँदै दुर्गममा पुग्न नसकेको सरकारी सेवासुविधा अब गाउँपालिकामार्फत पु¥याइने प्रतिबद्धतासमेत जनाए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप