शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विहान विहानै किन बस्दैछ मन्त्रीपरिषद् वैठक ?

बुधबार, १७ जेठ २०७४, ०८ : २९
बुधबार, १७ जेठ २०७४
जेठ १७, काठमाडौं– चुनावको मिति हेरफेर लगायतका विषयमा निणय लिन अहिले मन्त्रीपरिषद् वैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  मन्त्रीपरिषद् वैठक शुरु भएको बालुवाटार स्रोतले बताएको छ । मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९ गतेका लागि सारिएको दोस्रो चरणको चुनाव अव असार १४ गतेका लागि सार्ने तयारी छ । यस अघि जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको चुनाव राजपालगायतका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन भन्दै असार ९ का लागि सारिएको थियो । तर, असार ९ गते शुक्रवार मुस्लिम समुदायको रमझामका कारण अर्को मितिमा चुनाव गर्ने निर्णय हुन लागेको हो । हिजो मात्र मुस्लिम सुमदायका प्रतिनीधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले असार ९ गतेको मितिमा पुनर्विचार हुने बताएका थिए । हिजो नै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति परिवर्तनवारे निर्वाचन आयोग प्रमुख आयुक्तसँग छलफल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप