नगरपालिकामा एम्बुलेन्स नहुँदा समस्या
बुधबार, १७ जेठ २०७४, ०८ : ३५
मेलम्ची, १७ जेठ - सिन्धुपाल्चोक जिल्लाको मुख्य नगरपालिकाका रुपमा परिचित मेलम्ची नगरपालिकामा एम्बुलेन्स र शववाहन अभाव हुँदा निकै समस्या भएको छ ।
नगरपालिकाभित्र एउटा एम्बुलेन्स र शववाहन नहुँदा सर्वसाधारणले धेरै सास्ती खेप्नु परेको छ । गम्भीर भएका बिरामी समयमा अस्पताल पुर्याउन नसक्नाले बिरामीको बाटोमै मृत्यु हुने अवस्था छ । मेलम्चीको मुख्य अस्पतालका रुपमा रहेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा भएको एउटा एम्बुलेन्ससमेत पटक पटक बिग्रने समस्याले प्रयोगविहीन भएको छ भने एउटा एम्बुलेन्स मात्र हुँदा समस्या भएको चिकित्सक रामशरण श्रेष्ठले बताए ।
भौगोलिक हिसाबले पनि निकै विकट रहेको मेलम्ची नगरपालिकाभित्रका कुनै वडामा दुर्घटना हुँदा उद्धार गर्न तथा प्रसूति सेवाका लागि कुनै एम्बुलेन्स नहुँदा निकै समस्या भोग्नु परेको स्थानीयवासी दीपेन्द्र कार्कीले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रको एक मात्र एम्बुलेन्स र त्यो पनि ठीक अवस्थामा नभएकाले दुर्घटना हुँदा घाइतेको ज्यानै जानसक्ने ठूलो समस्या देखिएको छ ।
एम्बुलेन्स अभावमा नगरवासीले बिरामीलाई तत्काल अस्पतालसम्म पु¥याउन कुनै सवारीसाधन नभएको गुनासो गरेका छन् । कुनै सवारीसाधन फेला परिहाले पनि पीडितले चर्को मूल्य तिर्नुपर्ने बाध्यता छ ।
एम्बुलेन्स अभावमा गत फागुन २७ गते मेलम्ची नगरपालिका–१३ फटकशिलामा बा ४ ख ६९०६ नंको ट्रक दुर्घटना हुँदा उदयपुर स्थायी घर भएका ४४ वर्षीय रामबहादुर बस्नेतले उपचारमा ढिलोे हुँदा प्राण नै त्याग्नु पर्यो । एम्बुलेन्स अभावका कारण बस्नेतलाई सार्वजनिक सवारीसाधन कुरेर काठमाडौँमा लगिएको थियो ।
उनको उपचारका क्रममा नेपाल मेडिकल कलेजमा मृत्यु भएको होे । सोमबार मात्र मेलम्ची नगरपालिका क्यौरानीमा मिनी ट्रक दुर्घटना हुँदा तीनजना घाइते भएका थिए । एम्बुलेन्स नभएकै कारण उपचारका लागि निकै समस्या भएका घाइतेलाई तत्काल इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख नवराज ढुङ्गानाको टोलीले प्रहरी भ्यान प्रयोग गरेर अस्पतालसम्म पुर्याए ।
यसरी एम्बुलेन्सको अभावमा नगरवासी सबैले आफू सुरक्षित रहेको महसुस गर्न सकेका छैनन् । मेलम्ची नगरपालिकाले पनि एम्बुलेन्स सेवाको विषयमा कुनै निर्णय गर्न सकेको छैन । नगरपालिका कार्यालयले एम्बुलेन्सका लागि केही प्रभावकारी कदम अगाडि बढाउनुपर्ने जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।
यति मात्र होेइन दुर्घटनामा मृत्यु भएकाको शव ल्याउनसमेत निकै समस्या छ । मेलम्ची क्षेत्रमा आत्महत्या गर्ने तथा दुर्घटनामा मर्नेको शवपरीक्षणका लागि अस्पतालसम्म पुर्याउन निकै समस्या छ ।
भौगोलिक विकटताका कारण निकै टाढाबाट ल्याउनुपर्ने शव सार्वजनिक सवारीसाधनले नबोक्ने र शववाहनको अभावमा शवलाई अस्पतालसम्म लैजानका लागि निकै समय लाग्ने र स्थानीयवासीले समेत निकै कष्ट भोग्नु परेको मेलम्चीका स्थानीय पत्रकार देवराज सुवेदीले बताए । शव लैजानका लागि शववाहन नहुँदा धेरै पटक प्रहरीको गाडीमा नै ल्याउनुपर्ने अवस्था छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गाना भन्छन्, “भौगोलिक विकटता रहेको मेलम्ची नगरपालिकासहितको मेलम्ची क्षेत्रमा एम्बुलेन्स र शववाहन नहुँदा निकै समस्या भएको छ । दुर्घटना हुँदा तत्काल अस्पतालसम्म लैजानका लागि एम्बुलेन्ससमेत नहुनु निकै दुर्भाग्यपूर्ण रहेको र यसले ठूलो समस्या खेप्नु परेको उनको भनाई छ ।
यसरी एम्बुलेन्सको अभावमा कतिपयले अकालमा प्राण त्याग्नु परेकाले तत्काल मेलम्ची क्षेत्रमा एम्बुलेन्स र शववाहनको व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिई छिटोभन्दा छिटो साधन उपलब्ध गराउनुपर्ने स्थानीय नगरवासीको माग रहेको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण