आज किन राष्ट्रपतिसँग भेट गर्दैछन प्रधानमन्त्री ?
बुधबार, १७ जेठ २०७४, ०८ : ४१
जेठ १७, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गर्दैछन् । प्रधानमन्त्रीको निजि सचिवालयका अनुसार साढे ९ बजे प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री प्रचण्डले गत असार ९ गते राजीनामा गरेपछि राष्ट्रपति भण्डारीले सातदिन भित्र सहमतिको सरकार गठनका लागि दलहरुलाई आव्हान गरेकी थिइन् । राष्ट्रपतिले दिएको सात दिनकोसमय सीमा आज सकिदैछ ।
यस्तो अबस्थामा प्रधानमन्त्री प्रचण्डले सहमतिको सरकार गठनको सम्भावना कम देखिएकाले बहुमतिय प्रक्रियाका लागि आव्हान गर्न राष्ट्रपतिसँग आग्रह गर्ने सम्भावना छ । राष्ट्रपतिले बहुमतिय सरकार गठनका लागि आव्हान गरेलगत्तै संसद सचिवालयले प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया अगाडि बढाउने छ ।
काँग्रेसले हिजो आफ्नो नेतृत्वमा सहमतिको सरकार गठनका लागि सहमति जुटाउन भन्दै संसदमा प्रतिनीधित्व गर्ने दलहरुको सर्वदलीय वैठक आव्हान गरेको थियो । तर, काँग्रेसले बोलाएको वैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने सहभागी भएको थिएन् । काँग्रेसले आफ्नो पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनको गृहकार्य शुरु गरिसकेको छ ।
राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले असार ९ गतेका लागि सारिएको दोस्रो चरणको चुनावको मिति हेरफेरका विषयमा जानकारी गराउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण