शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मन्त्रीपरिषद् वैठकको निर्णय : दोस्रो चरणको चुनाव अव असार १४ गते

बुधबार, १७ जेठ २०७४, ०९ : २०
बुधबार, १७ जेठ २०७४
जेठ १७, काठमाडौं – असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति फेरि पनि सरेको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् वैठकले दोस्रो चरणको चुनावको मिति असार १४ गतेका लागि तय गरेको छ । मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९ गतेका लागि सारिएको दोस्रो चरणको चुनाव अव असार १४ गतेका लागि सारिएको हो । यस अघि जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको चुनाव राजपालगायतका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन भन्दै असार ९ का लागि सारिएको थियो । तर, असार ९ गते शुक्रवार मुस्लिम समुदायको रमझामका कारण अर्को मितिमा चुनाव गर्ने निर्णय भएको हो । मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए । हिजो मात्र मुस्लिम सुमदायका प्रतिनीधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले असार ९ गतेको मितिमा पुनर्विचार हुने बताएका थिए । हिजो नै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति परिवर्तनवारे निर्वाचन आयोग प्रमुख आयुक्तसँग छलफल गरेका थिए । त्यसपछि आज बसेको मन्त्रीपरिषद् वैठकले चुनावको मिति सार्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप