निर्वाचन कार्यालय सञ्चालनमा
बुधबार, १७ जेठ २०७४, ०९ : ३६
नेपालगन्ज, १७ जेठ - दोस्रो चरणको निर्वाचनका लागि सबै निर्वाचन अधिकृतको कार्यालय बाँके जिल्लामा सञ्चालनमा आएका छन् ।
मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार निर्वाचनसँग सम्बन्धित जिल्लाका संरचनालाई समेट्ने गरी सात स्थानमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो । यस जिल्लाका कुल २९५ मतदान केन्द्रलाई लक्षित गरी निर्वाचन कार्यालय खोलिएको पनि उहाँले बताए । बाँके जिल्लाका लागि नगर विकास समिति नेपालगन्जको भवनमा मुुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ ।
यसैबीच, क्षेत्रीय निर्वाचन कार्यालय नेपालगन्जको आयोजनामा जिल्ला समन्वय समिति बाँकेको कार्यालयका जिल्लास्तरीय नमुना मतदान र अन्तरक्रिया गरिएको छ ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण