शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कोपाइलट अनितालाई काठमाडौं ल्याइँदै

बुधबार, १७ जेठ २०७४, ०९ : ५३
बुधबार, १७ जेठ २०७४
जेठ १७, काठमाडौं - मंगलबार नेपाली सेनाको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएकी कोपाइलट अनिता आलेलाई काठमाण्डौं ल्याउने तयारी भईरहेको छ । घाइतेलाई लिन नेपाली सेनाको हेलिकप्टर कोहलपुर गएको छ । आलेको नेपालगन्जस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको उपचारमा संलग्नचिकित्सकले बताएका छन् । राजधानीको ग्राण्डी अस्पतालमा आलेको थप उपचार गरिने उनको परिवार स्रोतले जानकारी दिएको छ । मंगलबार नेपाली सेनाको जहाज बाजुरामा दुर्घटना हुँदा क्याप्टेन कैलाश गुरुङको मृत्यु भएको थियो । यो पनि पढ्नुहोस् :

नेपाली सेनाको जहाज दुर्घटना : क्याप्टेनको मृत्यु, दुई घाइते

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप