सुतेकै अवस्थामा दुईजना मृत फेला
मेलम्ची, १७ जेठ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१० शिखरपुरमा सुतिरहेको अवस्थामा दुईजना मृत फेला परेका छन् । शिखरपुरमा रहेको विपी स्मृति आधारभूत विद्यालयको भवन निर्माणका क्रममा भवनको रेखदेख गर्न बसेका हेलम्बु गाउँपालिकाका २६ वर्षीय विष्णु नगरकोटी र मेलम्ची–१० शिखरपुरका १५ वर्षीय सन्तोष मिजार मृतावस्थामा आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए । उहाँका अनुसार पालभित्र बान्ता गरी खुट्टा जोडिएको अवस्थामा दुवैजना मृत भेटिएका हुन् । गएराति मोबाइल चार्ज गर्नका लागि जेनेरेटर खोलेर सुतेका उनीहरुको जेनेरेटरबाट आउने कार्बन डाईअक्साइडको धुवाँ बढी भएर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको तथा शवपरीक्षणका लागि मेलम्ची स्वास्थ्य केन्द्रमा लगिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण