शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘सिठी नखः’ पर्व मनाइँदै

बुधबार, १७ जेठ २०७४, १० : २२
बुधबार, १७ जेठ २०७४

काठमाडौँ, १७ जेठ । काठमाडौँ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन मनाउने ‘सिठी नखः’ पर्व आज मनाइँदैछ । विशेषगरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने सो पर्व लिच्छिवीकालीन समयदेखि नै सुरु भएको जनविश्वास छ । सो समुदायभित्र पनि हिन्दू तथा बौद्ध धर्मावलम्बीले समेत सो पर्वलाई साझा संस्कृतिका रुपमा मनाउँदै आएको पाइन्छ । सो प्रचलनलाई काठमाडौँका नेवार समुदायले निरन्तरता दिँदै अन्य स्थानमा समेत संस्कृतिका रुपमा विकास भएको पाइन्छ । आजको दिन कुमार कात्तिकेको पूजासमेत गरिन्छ । त्रिवि केन्द्रीय बौद्ध अध्ययन विभागका प्रमुख एवम् संस्कृतिवद् डा मिलनरत्न शाक्यले लेख्नुभएको ‘मञ्जुश्री कल्ड अफ नेपाल मण्डल’ नामक पुस्तकमा कुमारलाई मञ्जुश्रीका रुपमा वर्णन गरेको पाइन्छ । बौद्ध धर्मावलम्बीले मञ्जुश्रीलाई बुद्धका अवतारका रुपमा समेत सम्मान गरेको पाइन्छ । डा शाक्यका अनुसार अबको समयमा झरी परी विभिन्न रोग, ब्याधीको सङ्क्रमण हुनसक्ने हुँदा सरसफाइ गरेपछि त्यसबाट मुक्ति पाइने भएकाले सिठी नखःको विशेष महत्व र वैज्ञानिक कारण छ ।

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप