शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

झापाका सात स्थानीय तहमा काँग्रेसका उम्मेदवार

बुधबार, १७ जेठ २०७४, १० : ३८
बुधबार, १७ जेठ २०७४

काँकडभिट्टा, १७ जेठ । झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको होे ।

गौरादह गाउँपालिकामा रोहित साह, खजुरगाछी गाउँपालिकामा फूलमती राजवंशी, भद्रपुर नगरपालिकामा गणेश पोखरेल, विर्तामोड नगरपालिकामा जलकुमार गुरुङ, दमकमा ढुण्डिराज भण्डारी, कमल गाउँपालिकामा हुकुमसिंह राई र अर्जुनधारा नगरपालिकामा हेमराज खरेललाई प्रमुख पदमा चयन गरेको नेपाली काँग्रेसले जनाएको छ । बाँकी रहेका गाउँपालिका र नगरपालिकामा चाँडै उम्मेदवार टुङ्गो लगाउने नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताए ।

उनले भने  “चुनाव सरेका कारण पनि उम्मेदवार टुङ्गो लगाउन हतार नगरिएको हो ।”

रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप