शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चार जिल्लामा नयाँ शक्तिले छान्यो उम्मेदवार

बुधबार, १७ जेठ २०७४, ११ : ०३
बुधबार, १७ जेठ २०७४
१७ जेठ -अछाममा भिड्ने मेयर छान्यो नयाँ शक्तिले अछाम जिल्लामा नयाँ शक्तिले आफ्नो उमेदवार चयन गरेको छ । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अछामा जिल्लाका नगरपालिका र गाउँपालिकाहरुमा आफ्ना उम्मेदवार चयन गरिरहेको नयँ शक्तिका नेता शंकर भण्डारीले जानकारी दिए । ४ नगरपालिका र ६ गाउँपालिका रहेको अछाम जिल्लामा नगरपालिकाको मेयर र दुई गाउँपालिका प्रमुखको लागि आफ्ना उम्मेदवार छनौट गरिसकेको भण्डारीले जानकारी दिनुभयो । छनौट गरिएका नगरपाललिकाहरुमा पञ्चदेवल विनायक नगरपालिकाको मेयरमा तिर्थ ढकाल, कमलबजार नगरपालिकाको मेयरमा धनबहादुर थापा, साँफेबगर नगरपालिकाको मेयरमा रविन्द्र शाह र मंगलसेन नगरपालिकाको मेयरमा दीपक रावललाई चयन गरेको नयाँ शक्ति अछामले जनाएको छ । यस्तै रामारोशन गाउँपालिकाको अध्यक्षमा टीकाराम खनाल र तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र चलाउनेलाई चयन गरिएको जनाएको छ । नयाँ शक्ति बाजुराको उम्मेदवार चयन बाजुरा ÷ स्थानीय तह दोस्रो चरणको चुनावका लागि नयाँ शक्ति पार्टी नेपालले बाजुरा जिल्लामा आफ्ना उम्मेदवारहरुको टुङगो लगाइसकेको छ बडीमालिका नगरपालिकाको मेयरमा टेक बहादुर बडुवाल र उपमेयरमा सरस्वती थापालाई अघि सारेको छ । त्रिवेणी नगरपालिकाको मेयरमा चक्र थापा तथा उपमेयरमा मीना खड्का र बुढीनन्दा नगरपालिकाको मेयरमा जय प्रसाद जोशी तथा उपमेयरमा मिनु बि.क. लाइृ उठाउने निर्णय गरेको संयोजक भण्डारीले जानकारी दिए । त्यसैगरी बुढिगंगा नगरपालिकामा भने टुङ्गो लगाउन बाकि रहेको छ । त्यसैगरी गाउँपालिका तर्फ हिमाली गाउँपालिकाको अध्यक्षमा गैलधन रोकाया र उपाध्यक्षमा रिता रोकाया, स्वामिकार्तिक गाउँपालिकाको अध्यक्षमा अनिता शाही तथा उपाध्यक्षमा लोकेन्द्र बहादुर शाहीलाई उठाउने भएको छ । त्यसैगरी पाण्डव गुफा गाउँपालिकाको अध्यक्षमा नरेन्द्र बि.क तथा उपाध्यक्षमा भिर्खु सार्की, छेडेदह गाउँपालिकाको अध्यक्षमा टेक सार्की तथा उपाध्यक्षमा उमा बि.कलाई छनौट गरेको छ । साथै गौमुल गाउँपालिकाको अध्यक्षमा नवराज जोशी तथा उपाध्यक्षमा जुनकला रोकायालाइृ छनौट गरेको छ । चारवटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेको बाजुरा जिल्लाका सम्पूर्ण नगरपालिका तथा गाउँपालिकामा प्रमुख तथ उपप्रमुख पदको उम्मेदवार चयन गरिएको नयाँ शक्ति प्रदेश नम्बर सातका संयोजक लिला भण्डारीले जानकारी दिए । कंचनपुरमा फोरम सहितको उमेदवार छानियो कञ्चनपुर÷यसै गरि कञ्चनपुर जिल्लाको स्थानिय तह निर्वाचनको उमेदवारको नाम नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादि फोरमले संयुक्त रुपमा घोषणा गरेको छ । नौ स्थानिय तहको सात नगरपालिका र दुई गाउँपालिका प्रमुख र उपप्रमुखको नामावालि घोषणा गरिएको प्रदेश कार्यालयका सचिव निर्प बोहराले जानकारी दिए । पुनर्वास नगरपालिकामा मेयर सत्यदेवी चापागाईं (नयाँ शक्ति) तथा उप मेयर जगत सायर (नयाँ शक्ति), बेलौरी नगरपालिकामा मेयर अमर बिष्ट (नयाँ शक्ति) तथा उपमेयर गीता चौधरी (नयाँ शक्ति), बेदकोट नगरपालिकामा मेयर जनक सिं साउद (नयाँ शक्ति) तथा उपमेयर मनु चौधरी (संसफो) को नाम घोषणा गरिएको हो । त्यसै गरी शुक्लाफाँटा नगरपालिकामा मेयर द्वारिका कुँवर (नयाँ शक्ति ) तथा उप मेयर बिस्ने बोहरा (नयाँ शक्ति), भिमदत्त नगरपालिकामा मेयर(माया नेगि (नयाँ शक्ति) तथा उपमेयर गोमती पुजारा (ससफो) रहेका छन् । यस्तै नयाँ शक्तिका यम बहादुर थापा महाकाली नगरपालिकाको मेयर र फोरमकी सरिता सुनारलाई उपमेयरको उमेदवार र कृष्णपुर नगरपालिकाको मेयमा नयाँ शक्तिका सुन्दर दत्त भट्ट र जमुना रानालाई छनौट गरिएको छ । यस्तै बेलडाँडी गाउँपालिकाको अध्यक्षमा नयाँ शक्तिका शेर सिं पुजारा र उपाध्यक्षमा फोरमकी आरती देवी थापालाई छनौट गरिएको बोहराले जानकारी दिए । अर्घाखाँचिमा यस्ता छन् नयाँ शक्तिका उम्मेदवार अर्घाखाँची ÷ नयाँ शक्ति पार्टी अर्घाखाँचीले स्थानिय तहको निर्वाचनको लागि आफ्नो उम्दवारहरुको नाम सार्वजनिक गरेको छ । यसै क्रममा सन्धिखर्क, भुमिकास्थान र शितगंगा तिन नगरपालिका सहित मालारानी, पाणिनी र छत्रदेव तिन गाउँपालिका गरि कुल ६ स्थानिय तहमा आफ्नो उम्मेदवारहरुको नाम सार्वजनिक गरिएको जिल्ला संयोजक गोकर्ण थापाले जानकारी दिए । सन्धिखर्क नगरपालिकाको मेयरमा यमुना भुषाल तथा उपमेयरमा टोकबहादुर बलाल, शितगंगा नगरपालिकाको मेयरमा योगेश्वर गिरी तथा उपमेयरमा पेमी गुरुङ र भुमिस्थान नरपालिकाको मेयरमा प्रेम बञ्जाडेको नाम सार्वजनिक गरिएको हो । त्यस्तै मालारानी गाउँपालिकाको अध्यक्षमा जिन्दक खड्का र उपाध्यक्षमा उषा पुरी थापाको उम्मेदवारी रहने भएको छ । यता पाणिनी गाउँपालिको अध्यक्षमा माधव पोखरेल तथा उपाध्यक्षमा लिलावति पाण्डे घिमिरे र छत्रदेव गाउँपालिकाको अध्यक्षमा उज्वल शाहको उमेदवारी रहने संयोजक थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप