शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एसएलसी प्रिन्सेजका प्रतियोगीले पालुङमा देखाए प्रतिभा

बुधबार, १७ जेठ २०७४, ११ : १५
बुधबार, १७ जेठ २०७४

काठमाडौं जेष्ठ १७ – ‘ह्वाईट हाउस एसएलसी प्रिन्सेज २०१७’ ३४ प्रतियोगीले मकवानपुरको पालुङ्ग स्थित ओम अध्याय रिसोर्टमा एक कार्यक्रम विच आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

कार्यक्रममा प्रतियोगीले नृत्य, गायन, अभिनय लगायतको प्रतिभा प्रस्तुत गरे । पुष्पान्जली दाहालको कत्थक नृत्यवाट सुभारम्भ भएको कार्यक्रममा प्रकृति शाहीले भारत नाट्यममा नेपाली सिन्ड्रेला नाटकमा आफ्नो कला प्रस्तुत गरेपछि सकिएको थियो ।

ट्यालेन्ड राउण्डको निर्णायमा प्रेम गुरुङ, धरमेन्द्र पिथाकोटी, अखिल कर्ण र गोपाल गुरुङ रहेका थिए । प्रतियोगीताको शिर्ष बिवजेताले ‘ह्वाईट हाउस एसएलसी प्रिन्सेज २०१७’ कोे ताज र उपाधि सहित नगद रु ५० हजार र प्रायोजक कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि १ लाख वरावरको छात्रावृक्ति पाउने छिन् ।

त्यस्तै फस्ट रनर अप र सेकेण्ड रनर अप र अन्यले भने रु ३० हजार र रु २० हजार नगद साथै हामीलाइ प्रायोजन गरेको कलेजमा रु १ लाख वरावरको छात्रावृति जित्न सक्ने छन् । कायक्रमको फाइनल असार ३ गते प्रज्ञा भवन कमलादीमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप