श्रीमतीलाई जिताउन सँगसँगै हिँडेर भोट माग्छन् ७३ वर्षीय श्रीमान्
मोरङ, जेठ १७ – प्रायजसो घरमै आराम गरेर बस्ने मोरंगको ग्रामथान गाउँपालिकास्थित तेतरियाका ७३ बर्षिय रिपुचरन चौधरीको दैनिकी आजकल फेरिएको छ । स्थानीय चुनावको मिति नजिकिएसँगै उनको दैनिकी श्रीमतीसँगै दौडधुपमा बित्ने गरेको छ । बृद्ध शरीर भएपनि उनि बिहानैदेखि साँझसम्म ५० बर्षिया श्रीमतीसँगै भोटमाग्न फुर्तिसाथ व्यस्त हुन्छन् । बृद्ध रिपुचरनकी श्रीमती रेणुका चौधरी (बिश्वकर्मा ५०) ग्रामथान गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदबार बनेकी छन् । यसैले आफनी श्रीमतीलाई जिताउन पुर्व गाबिस सचिव समेत रहेका रिपुचरन दिनरात घरदैलो गर्दै श्रीमतीसँगसँगै भोट माग्न व्यस्त भएका हुन् । घरदैलो, सभासम्मेलन होस वा अनौपचारिक घुमफिर नै किन नहोस उनि जहिल्यै श्रीमती रेणुकासँगै हुन्छन् । चुनावी कार्यक्रम जति टाढा भएपनि बृद्ध रिपुचरन श्रीमती रेणुकाले चलाएको स्कुटरमा पछाडी बसेर सँगसँगै सहभागी हुने गरेका छन् । जातले छेकेन रेणुका र रिपुचरनको बिबाह रेणुकाका माइती पहाडे दलित समुदायका हुन् । श्रीमान थारु समुदायको । माओबादी केन्द्रबाट उम्मेदबार बनेकी श्रीमती रेणुका थारु समुदायको बाहुल्यता रहेको गा्रमथान गाउँपालिकामा आफुलाई परिचित गराउन श्रीमान रिपुचरनको साथ छाडन चाहँदिनन् । श्रीमान रिपुचरन पनि ९० प्रतिशत थारु समुदायको बासेवास रहेको ग्रामथान पालिकामा आफनी श्रीमती रेणुकालाई घरघरमा पुरयाएर परिचित गराइरहेका छन् । रेणुकाले समाजमा समाजिक कार्यकर्ताका पहिचान सफल रेणुका विश्वककर्माले २५ बर्ष अगाडी गाविस सचिव रहेका रिपुचरनसँग अन्र्तजातिय प्रेम बिबाह गरेकी हुन् । गाबिस सचिव भएर तेह्रथुममा खटिएका बेला रिपुचरनले युवा उमेरकी रेणुकालाई प्रेम बिबाह गरी भित्रयाएका थिए । जेठी श्रीमती दिर्घरोगी बनेपछि घरपरिवारको हेरचाहकालागि पहाडे दलित समुदाय माइती भएकी रेणुकासँग प्रेमबिबाह गरेकाृ रिपुचरनले बताए । बिबाहपछि समाज सेवामा सक्रृय भइन रेणुका बिबाहपछि मोरंगको तेतरिया आएर घरजमसँगै समाजिक सेवामा सहभागी हुन थालेकी रेणुकाले आफनो निर्भिक सक्रृयताले गर्दा नै आफुलाई पार्टीले उपाध्यक्षको उम्मेदबारको टिकट पाएको बताउँछिन । तीन छोरी र एक छोराकी आमा समेत रहेकी रेणु आफुनो उम्मेदबारी समाजिक अन्र्तघुलनकालागि भएको बताउँछिन । सबै नेपालीहरु आपसमा अन्र्तघुलित भएर बसोवास गरेमात्र समाजमा बिकासले दिगो गति लिने उनको बिश्वास छ । थारु समुदायका श्रीमानसँग बिबाह गरेपछि पहाडे , थारु र मधेशी समुदायको समस्याबारे गहिरो अनुभव सँगालेकी रेणु श्रीमान र सबैखाले मतदाताहरुको सहयोगले आफुले सहजै जित हासिल गर्नेमा बिश्वस्त छन् । सबैको साझा उम्मेदबार ‘हामीलाई कसैले पहाडे र कसैले थारु भनेर भन्ने गरेका छन् तर म कुनै समुदाय बिशेषको मात्र हैन, सबैको साझा उम्मेदबार हुँ भनेर चिनिन पनि श्रीमानसँगसँगै हिँडेर भोट माग्ने गरेका हौ’ – श्रीमान् रिपुचरनसँगसँगै घरदैलो अभियानमा भेटिएकी उम्मेदबार रेणुकाले भनिन् । स्थानीय सतिस चौधरीका अनुसार पार्टी कार्यकर्तासँग सामुहिक घरदैलो र सभा गर्दा होस वा घरगाउँ हिँडडुल गर्दा उम्मेदबार रेणुकासँग उनका श्रीमानले कहिल्यै साथ छाडदैनन् । घरगाउँ डुल्दा रेणुका स्कुटर चलाउँछिन भने श्रीमान पछाडी पार्टीको झण्डा हल्लाउँदै भोट माग्छन् । थारु समुदायमा पुग्दा श्रीमान रिपुचरन भन्ने गर्छन – ‘मेरी श्रीमती रेणुका उम्मेदबार बनेकी छन् साझा हितकालागि भोट दिएर जिताउनु पर्छ है ।’, अन्र्तजातिय बिबाह गरेका पहाडे दलित समुदायकी श्रीमती रेणुका र थारु समुदायका श्रीमान रिपुचरनसँग एक्ला एक्लै हिँडेर भन्दा सँगसँगै हिडदा सदभावको सन्देश दिन सफल भएको बताउँछन् । २५ मतदान केन्द्र र २१ हजार २०९ मतदाता रहेको ग्रामथान गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले, माओबादी केन्द्र र फोरम लोकतान्त्रिकका उम्मेदबारबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । अन्य पार्टीका उपाध्यक्षका उम्मेदबारहरु आफु भन्दा धेरै कमजोर रहेकोले आफनो जित सहज रहेको दाबी रेणुका र रिपुचरनको छ । पहाडे समुदाय माइती भएपनि थारु भाषामा पुर्ण दखलता बनाइसकेकी रेणुका चौधरी समुदायमा पनि लोकप्रिय छिन् । आफु बिजयी भए सबै समुदायको साँस्कृतिक एकता बलियो बनाउने, थारु समुदायका महिलाहरुकालागि शसिक्त्तिकरण योजना चलाउने ,जेष्ठ नागरिकहरुलाई लक्षित गरेर बृद्ध चौतारी निर्माण गर्ने तथा पौष्टिक अहार र स्वास्थ्य सेवा प्रदान गर्ने उनको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण