ट्रोल गर्नेहरुका लागि प्रियंकाले दिइन् यस्तो जवाफः आमासँगै भएको बोल्ड तस्बिर गरिन् सेयर
एजेन्सी
जेठ १७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आजकाल विदेश भ्रमणमा छन् । मंगलबार उनी बर्लिनमा थिए जहाँ उनको भेट बलिउडकी देसी गर्ल भनेर चिनिने प्रियंका चोपडासँग भयो । प्रियंका चोपडा आजकाल आफ्नो फिल्म ‘बेवाच’ को प्रोमोशनका लागि बर्लिनमा छिन् । यसै क्रममा प्रियंका चोपडा र मोदीबिच भेटघाट भएको हो ।
प्रियंकाले यो जानकारी सोसल मिडियामार्फत मानिसहरुमाझ पुर्याइन् । प्रियंकाले सेयर गरेको फोटो केही समयभित्रै सोसल मिडियामा भाइरल भयो जहाँ धेरैले उनले प्रशंसा गरे भने केहीले भने भेटघाटका क्रममा लगाएको कपडाको विषयमा उनलाई इन्स्टाग्राममा ट्रोल गरे । प्रियंकाको ड्रेसलाई ट्वीटरमा संस्कारसँग जोड्दै प्रधानमन्त्रीलाई भेट्दा प्रियंकाले त्यति छोटो कपडा लगाउन नहुने भनी टिका टिप्पणी पनि गरे ।
अब प्रियंकाले ट्रोल गर्नेहरुका लागि कडा जवाफ दिएकी छिन् । उनले इन्टाग्राममा आफ्नी आमासँगको एक तस्बिर सेयर गरेकी छिन् जसमा उनले निकै छोटो पहिरन लगाएकी थिइन् । उनले मात्र नभई उनकी आमाले पनि त्यस्तै छोटो लुगा लगाएको देख्न सकिन्छ ।उनले खुट्टा देखाउनु आफ्नो जिनमा नै भएको बताएकी छिन् ।
स्मरण रहोस् प्रियंकाले उक्त भेटघाटका लागि प्रधानमन्त्रीलाई धन्यवाद दिएकी छिन् । प्रधानमन्त्रीसँगको आफ्नो फोटो पोष्ट गर्दै उनले क्याप्सन लेखिन्, ‘आज बिहान मलाई भेट्नका लागि समय मिलाएकोमा धन्यवाद सर । यो संयोजको कुरा हो कि हामी एकै समयमा बर्लिनमा छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण