मर्स्याङ्दी नदीमा डेढलाख माछाको भुरा
लमजुङ, १७ जेठ । मस्र्याङ्दी नदीमा एक लाख ५० हजार माछाको भुरा राखिएको छ ।
भुलभुलेमा निर्माण भएको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँधस्थलमाथि सो परिमाणको माछाको भुरा राखिएको हो । बाँधस्थलमाथि रहेको ङादी खोलामा समेत माछाको भुरा राखिएको छ ।
पचास मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले माछाको भुरा राखेको हो । सो आयोजना निर्माणका क्रममा माछाको पारिस्थितिक प्रणालीमा असर पुगेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा राखिएको हो ।
माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजना सरोकार तथा समन्वय समितिको पहलमा माछाको भुरा राखिएको आयोजना निर्माण कम्पनी सिनो सगरमाथा पावर कम्पनीका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो । नदीमा असला, राहु, सहर, मोहारीलगायत जातका माछाको भुरा राखिएको छ । आयोजनामा ‘फिस ल्याडर’ नराखिएकाले माछा वृद्धिका लागि भुरा छाडिएको हो ।
यस वर्ष अनुसन्धानका लागि डेढ लाख माछाको भुरा छाडिएको र आगामी वर्षमा पनि पुनः विभिन्न जातका माछाको भुरा थप्दै जाने अधिकारीले बताउनुभयो । चितवनबाट ल्याएर मस्र्याङ्दी र ङादी खोलामा छाडिएका माछाका भुराले अवको दुई वर्षमा प्रजनन् गर्ने बताइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण