अमेरिकी भिसा पाउन थप मुश्किल, दिनुपर्नेछ १५ वर्षको इतिहास
रोयटर्स
जेठ १८ – अमेरिकाका लागि भिसा आवेदन दिनेहरुका लागि ट्रम्प प्रशासनले नयाँ नियम लागू गरेको छ जसमाआवेदकको ५ वर्षको सोसल मिडिया अकाउन्ट र पछिल्लो १५ वर्षको बायोग्राफीको माग गरेको छ । यसका लागि प्रशासनले एक नयाँ प्रक्रिया सुरु गरेको छ ।
यो प्रक्रिया अन्र्तगत प्रशासनले आवेदकको पासपोर्ट नम्बर, पाँच वर्षको सोसल मिडिया ह्यान्डलको विवरण, इमेल ठेगाना र फोन नम्बरको माग गरेको छ । स्मरण रहोस्, यूएस डिपार्टमेन्ट अफ स्टेट भिसाका लागि आवेदन दिनेहरुको सोसल मिडिया, इमेल ठेगाना र फोन नम्बरको समिक्षाका लागि यी सबैकुराको अनुसन्धान गर्न चाहन्थ्यो । स्टेट डिपार्टमेन्टका एक अधिकारीले बुधबार दिएको जानकारी अनुसार यस्तो प्रकारको जानकारी पहिचान पुष्टिका लागि आवश्यक भएको जुन सुरक्षाको हिसाबले महत्वपूर्ण छ ।
भिसाका लागि आवेदन दिनेहरुले आफ्ना सबै पूर्व पासपोर्ट नम्बर, पाँच वर्षको सोसल मिडिया ह्यान्डल, इमेल ठेगाना, फोन नम्बरका साथै १५ वर्षको आफ्नो जानकारी पनि आवेदनका बेला दिनुपर्दछ । यद्यपी, आवेदकसँग सोसल मिडियाको पासवर्डको माग नगरिने बताइएको छ ।
ट्रम्प प्रशासनले यो प्रक्रिया आतंकवादी गतिविधिबाट सम्बन्ध राख्नेहरु वा राष्ट्रिय सुरक्षाको दृष्टिले खराब पुष्टि भएका मानिसहरुबाट देशलाई टाढा राख्नका लागि गरिरहेको बताउँदै आएको छ ।
आलोचकले भने यो नियम चाहिनेभन्दा बढि बोझिलो हुने जसले भिसा प्रक्रियालाई लम्ब्याउने हुँदा अन्तर्राष्ट्रिय विद्यार्थी र वैज्ञानिकहरुलाई अमेरिका प्रवेशमा निरुत्साहित गर्न सक्ने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण