मोडलिङ रियालिटि सो मार्फत छानिदै मोडल
राजाराम पौडेल पोखरा, जेठ १९ – पोखरामा पहिलोपटक युवायुवतीको लागि मोडलिङ रियालिटि सो हँुदैछ । ब्ल्यु रे प्रोडक्सनको आयोजनामा हुने प्रतियोगीताको पहिलो अडिसन भोली शनिबार पोखरामा हुनेछ । सात चरण मार्फत अन्तिम प्रतिष्पर्धामा छनोट भएका प्रतियोगीहरुको फायनलमा भाग लिन पाउनेछन् । असार ३१ गते हुने अन्तिम प्रतिष्पर्धामा ३५ प्रतियोगी रहने कार्यक्रम संयोजक मिना भुजेलले बताइन् ।
पहिलो अडिसनबाट भने ७० प्रतियोगी छनोट गरिनेछ । एस एल सी उत्र्रीण भएका ४ दशमलव ९ फिट भन्दा बढी उचाइ भएका कास्की जिल्ला स्थायी ठेगाना भएका युवा–युवतीले सहभागी हुन पाउने कार्यक्रमका अर्का संयोजक शंकर थापाले जनाए ।
पछिल्लो क्रममा देखिएका मोडलिङ प्रतियोगीता भन्दा यो रियालिटी सो पृथक रहने आयोजकको विश्वास छ ।
पोखरामा विभिन्न मोडलिङ प्रतियोगीता हुने गरेको भएपनि रियालिटि सो मा आधारित मोडलिङ प्रतियोगीता पहिलो भएको संयोजक थापाको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण