शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कम्प्युटरमा भाइरस आक्रमण भए के गर्ने ?

शुक्रबार, १९ जेठ २०७४, १० : ५९
शुक्रबार, १९ जेठ २०७४
शर्मिला शर्मा आइटी इन्जिनियर कम्प्युटरमा काम गर्दा धेरैले भोग्नुपर्ने साझा समस्या हो, भाइरस आक्रमण । भाइरस आक्रमण भएमा कम्प्युटर÷ल्यापटपमा स–साना काममा समेत अवरोध पार्छ । भाइरस कुनै जीवाणु नभएर कम्युटरको एक प्रकारको प्रोग्राम हो, जसले फाइलहरू आफैँ कपी मात्र गर्दैन, पूरै बिगार्न पनि सक्छ । भाइरसको प्रकृतिअनुसार कुनैले कम्प्युटरको स्क्रिनअगाडि आएर दुःख दिन्छ भने कुनै भाइरसले स्क्रिनमा नदेखिएर नै असर गर्छ । यो एक प्रकारको प्रोग्राम हो, जुन आफैँ सञ्चालित कम्प्युटरमा फैलिन्छ । यसले कम्प्युटरमा अनावश्यक समस्या उत्पन्न गरेर प्रयोगकर्तालाई दिक्क बनाउनुका साथै डाटा तथा प्रोग्रामहरू नष्ट गरिदिन्छ । भाइरसले सफ्टवेयर मात्र नभएर हार्डवेयरमा समेत समस्या उत्पन्न गराउँछ । भाइरस एकपटक कम्प्युटरमा लागिसकेपछि यो व्यापक रूपमा फैलिन्छ । एकपछि अर्को गर्दै अनावश्यक फाइलहरू क्रिएट गर्दै कम्प्युटरको प्रोसेसरलाई अस्तव्यस्त बनाइदिन्छ । फलस्वरूप कम्प्युटर ढिला हुन जान्छ । कुनै भाइरसले कम्प्युटर प्रोग्राम खोल्नासाथ बन्द गरिदिन्छ । कतिले आवश्यक फाइल थाहै नदिई मेटाइदिन्छ । कुनै भाइरसले कम्प्युटर नै अटोमेटिक रूपमा बन्द गरिदिन्छ भने कतिपयले कम्प्युटरका हार्डवेयर डिभाइसहरूले नै काम नगर्ने बनाइदिन्छन् । सोही कारण कम्प्युटरमा भाइरस लाग्न नदिन एन्टिभाइरस प्रोग्रामहरू अपडेट गराउनुपर्छ । कम्प्युटरमा भाइरस लागेको थाहा पाउने केही सरल तरिका यस्ता छन् : कसरी थाहा पाउने ? नचाहेको फाइलहरू आफैँ खुल्ने तथा मेमोरी फुल हुँदै गयो भने भाइरस लागेको हुन सक्छ । कहिलेकाहीँ कम्प्युटरमा सर्टकट फाइलहरू आफैँ बन्छ । फाइलहरू अनावश्यक रूपमा सेभ हुने भएमा पनि भाइरसले कम्प्युटरमा आक्रमण गरेको हुन सक्छ । जसले गर्दा कम्प्युटर स्लो हुन्छ । कम्प्युटरमा नियमित खुलिरहेको प्रोग्राम खुल्न बढी समय लाग्छ । कम्प्युटरको कार्यक्षमता घट्छ । कम्प्युटरमा इरर म्यासेज देखाउँछ भने पनि भाइरसले आक्रमण गरेको हुन सक्छ । भाइरस लाग्ने कारण नचिनेका व्यक्तिले पठाएको इमेल चेक गर्दा भाइरसको खतरा बढी हुन्छ । कम्प्युटरमा जथाभावी आफूलाई थाहा नभएका वेबसाइट खोल्ने, जोकोहीले पठाएका इमेलहरू खोल्ने, बजारबाट किनेर ल्याएका अनाधिकृत गेमहरूका सिडीबाट गेम खेल्दा पनि भाइरसले आक्रमण गर्न सक्छ । साथै, रिमुभेबल डिभाइसहरू जस्तै: पेनड्राइभ, मेमोरी कार्डलगायतबाट फाइल सार्दा पनि भाइरस सर्छ । इन्टरनेटबाट अनावश्क सफ्टवेयर डाउनलोड गर्दा, प्राइभेट सफ्टवेयरहरू कपी गर्दा, नेटवर्कबाट डाटाहरू एक्सचेन्ज गर्दा पनि कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप