उमेर २२ वर्ष, तौल १२ केजी : ग्वालीमै बित्छ चिरन्जीवीको दिन
गोपालप्रसाद पोखरेल
मोरङ, १९ जेठ । जन्मँदै दुवै आँखा गुमाएका मोरङको पथरी शनिश्चरेका २२ वर्षीय चिरञ्जीवी अधिकारीले जन्मिएको एक वर्ष नपुग्दै आमा गुमाउनु प¥यो । उनी एकवर्ष नपुग्दै आमाको मिर्गौला फेल भएर मृत्यु भयो । हालसम्म उनले तीनवटी आमा पाए । २०५२ मङ्सिर १६ गते मोरङको पथरी शनिश्चरेमा जन्मिएका चिरञ्जीवी एक ठाउँबाट अर्को ठाँउ सर्न सक्दैनन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–९ सिंहवाहिनी स्कुल छेउका बासिन्दा मदनबहादुर अधिकारीका माइला छोरा उनी २२ वर्ष पुगे तर कतै हिँड्डुल गर्न सक्दैनन् । सानामा भित्ता समाएर अलिअलि बामे त सर्थे । तर हाल उनी दुई घुँडाको बीचमा टाउको निहुराएर झोक्रिएर बस्छन् । आमाको मृत्युपछाडि बाबु काममा बाहिर हिँड्नुपर्ने भएकाले चिरञ्जीवी मूलघरमा हजुरबा–आमासँग बसे ।
उनी बिहान–बेलुका खानाबाहेक अरू केही खाँदैनन् । २२ वर्षीय चिरञ्जीवीको तौल १२ किलो छ । न आँखा देख्नुहुन्छ, न कान नै मज्जाले सुन्छन् । हात चल्छ, खुट्टा चल्दैन । उनी खाना ढिलो भयो भने चिच्याउने र मन खुसी भएको समयमा गीत गाउने गर्छन् ।
उनी आवाज र स्पर्शले आफन्तहरुलाई चिनिहाल्छन् । आमाको मृत्युपछि माइली आमाले स्याहारसुसार गरेपनि उनी अर्कैसँग बिवाह गरेर गएपछि हाल कान्छी आमाले घरमा स्याहार गर्दै छिन्। बा, आमा, दाजु, भाइ भएपनि सबै आ–आफ्नो काममा जाने भएकाले चिरञ्जीवीको स्वास्थ्य दिनहुँ झन् जटिल हुँदै गएको छ ।
उनका एक दाजु र दुई भाइ छन् । आमाबुबा सामान्य खेती किसान भएकाले हातमुख जोड्नै गाह्रो भएको बाबु मदनको भनाइ छ । चिरञ्जीवीलाई अहिले घरपरिवारले ग्वालीमा खाट राखी हेरचाह गर्दै आएका छन ।
“घरभित्र र सिमेन्टीमा राख्दा चिच्याउने, कराउने र दिसापिसाब गरेको थाहा नपाउने भएकाले उनलाई ग्वालीमा खाटमा राखिएको बुबा मदनको भनाइ छ । उनलाई बिहानजस्तो छोड्यो बेलुकी आउँदा पनि त्यस्तै रहेको भेटिन्छिन् । बसेकै ठाउँमा दिसापिसाब गर्ने भएकाले सरसफाइमा कमी हँुदा हैजा उठ्ने समस्या हुन्छ । बाबु मदन भन्छन्, “सरकारले मासिक दुई हजार त दिएको छ, तर चिरञ्जीवीका लागि लुगा किन्नसमेत पुग्दैन ।”
सरकारले चिरञ्जीवीका लागि उचित व्यवस्था मिलाई दिनुपर्ने माग उहाँको छ । बाबुले विभिन्न सङ्घसंस्थासँग हारगुहार पनि नमागेको हैन । सङ्घसंस्थाले आएर उल्टै हप्काएर गएको गुनासो छ ।
उनी अहिले सबैबाट हार खाएर छोराको मायाले स्याहारसुसारमा आफैँ लागेका छन् । उनले सरकारले अपाङ्गता भएकाको हकमा केही भए र उद्वार गर्ने केही उपाय भए सहयोग गरिदिन अनुरोध पनि गरे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण