जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु
शुक्रबार, १९ जेठ २०७४, ११ : १६
दमक, १९ जेठ । जङ्गली हात्तीको आक्रमणबाट झापाको हल्दिबारीमा गएराति एकजनाको मृत्यु भएको छ ।
हल्दिवारी गाउँपालिका–४ स्थित चौकीबिराम हरियाली सामुदायिक जङ्गलमा आएको हात्तीको आक्रमणबाट च्याउ खोज्न गएका स्थानीय रथी मेचेको मृत्यु भएको प्रहरी चौकी जलथलले जनाएको छ ।
बिहान ३ बजेतिर जङ्गलमा च्याउ खोज्न गएका मेचेलाई हात्तीले कुल्चिएर मारेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मेचेको शव जङ्गलमा घाँस, दाउरा गर्न जानेक्रममा आज बिहान देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण