शिवम् सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबलको सह–प्रायोजन गर्ने
काठमाडौं, जेठ १८– सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्टले केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सह–प्रायोजन गर्ने भएको छ । उक्त प्रतियोगिता शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा जेठ २३ गतेदेखि सुरु हुदैछ ।
भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएकोमा यसलाई बढी भन्दा बढी नेपालीमाझ लैजान, चिनाउन र सबैको सहभागिता बढाउनका निम्ति शिवम् यस कार्यक्रमसँग जुडेको कम्पनीको भनाई छ । साथै, महिलालाई प्रोत्साहन दिँदै उनीहरुलाई देशका सबै क्षेत्र लगायत खेलमा पनि अघि बढ्ने हौसला दिन आफ्नो समाजिक उत्तरदायित्व बोध गर्दै कम्पनीले कार्यक्रमको सह–प्रायोजन गरेको हो ।
शिवम् सिमेन्टका तर्पmबाट अध्यक्ष सुरेन्द्रकुमार गोयल तथा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले सोमबार नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे । शिवम् सिमेन्टका अध्यक्ष गोयलले भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएकोमा बधाई ज्ञापन गर्दै नेपाली खेलकुद क्षेत्रमा कम्पनीले पहिलो पटक महिला भलिबललाई प्रायोजन गरेको बताए ।
सम्झौताअनुसार शिवम् सिमेन्टका तर्फबाट कार्यक्रमका लागि तीन लाख रुपैयाँको सहयोग प्राप्त भएको छ । प्रतियोगिता अवधिभर कार्यक्रम स्थलमा ब्यानर, होडिङ बोर्ड तथा तुल लगायतका खर्च पनि शिवम् सिमेन्टले बेहोर्ने छ ।
साथै, शिवम् सिमेन्टले व्यक्तिगत स्पर्धातर्फको दुई बिधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्ने र शिवम् सिमेन्ट बेस्ट डिफेन्स र शिवम् सिमेन्ट बेस्ट ब्लकरको उपाधि प्रदान गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण