शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

चितवन र पोखरामा नेपाल एम्बुलेन्स सर्भिसको सेवा विस्तार

शुक्रबार, १९ जेठ २०७४, १२ : ५०
शुक्रबार, १९ जेठ २०७४

काठमाडौं, जेठ १९–नेपाल एम्बुलेन्स सर्भिसले दक्ष स्वास्थ्यकर्मी सहितको थप दुई स्थानमा एम्बुलेन्स सेवा बिस्तार गरेको छ । सर्भिसले चितवन र पोखरामा आकस्मिक एम्बुलेन्स सेवा संचालन सुरु गरेको हो ।

अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकाभरी सेवा प्रदान गरिरहेकोमा नयाँ स्थानहरुमा थप सेवा बिस्तार गरेको हो । संस्थाको नयाँ सेवा बिस्तार पछि ३ स्थानामा सेवा संचालन हुनेछ । हाल संस्थाले ११ वटा एम्बुलेन्स मार्फत उक्त स्थानमा सेवा प्रदान गर्दै छ ।

सो स्थानमा संस्थाले २४ सै घण्टा आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्नेछ । सेवा लिनका लागि सेवाग्राहीले आकस्मिक एम्बुलेन्स सेवाको १०२ नम्बरमा फोन गर्नु पर्ने जनाइएको छ ।

सरकारले तोकेको न्यूनतम शुल्कमा संस्थाले आकस्मिक एम्बुलेन्स सेवा प्रदान गर्दै आईरहेको छ ।

संस्थाले असार १ गतेदेखि रुपन्देहीको बुटवल र भैरहवामापनि आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरिरहेको छ । महा विनाशकारी भूकम्पको समयमा पनि संस्थाले आकस्मिक एम्बुलेन्स सेवा मार्फत ७ दिनमा ६७८ जनाको जीवन उद्धार गर्न सफल भएका थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप