भारततर्फ महिला बेच्न लैजाने बाटोबाटै समातिए
बेहोस भेटिएका म्यादी प्रहरीको मृत्यु
जेठ १९, काठमाडौं– चार जना महिलाहरुलाई भारतर्फ विक्रीका लागी लैजाँदै गर्दा बाँके खजुरा नगरपालिका–९ सिन्दुरे बस्ने धनबहादुर शाहीसहित तीन जना बाटोबाटै पक्राउ परेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–१० बस्ने २६ बर्षीया सुन्तली परियार समेत चार जना महिलालाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले बाँकेको बढैयाताल गाउँपालिका–३ भोलागौडीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । महिलाहरुलाई सकुसल उद्दार गरिएको र घट्नाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यसैबिच, कैलालीको गौरिगंगा नगरपालिका–१० स्थित गौरी गणेश सामुदायिक बनभित्र रहेको चौरमा बेहोस भेटिएका म्यादी प्रहरीको मृत्यु भएको छ ।
गदरीया गाँउपालिका–९ बस्ने इलाका प्रहरी कार्यालय हसुलियामा कार्यरत २८ वर्षीय म्यादी प्रहरी अशोक चौधरी बेहोश अवस्थामा फेला परेपछि उपचारका लागी सेती अञ्चल अस्पताल धनगढी पठाएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा रहेका सोही ठाउँ बस्ने १७ वर्षीया ममता चौधरी, १३ वर्षीया पविता चौधरी र २७ वर्षीय बुध राना समेत ३ जनालाई दुईओटा मोटरसाईकल सहित नियन्त्रणमा लिईएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्टको कम्पनीबाट देउवापुत्र जयवीरको कम्पनीमा साढे २ करोड ट्रान्सफर
-
एसियाली खेलकुदको तयारी: उसुको थाउलो टोली आइतबार चीन जाने
-
यस्ता छन् कोशी प्रदेश सरकारका तीन निर्णय
-
एक वर्षमा २२ गैँडा मरे
-
स्वकीय सचिवको पारिश्रमिक र भ्रमण भत्ता बढाउन सरकार सकारात्मक : अर्थमन्त्री
-
बलुचिस्तानमा सुरक्षा बलमाथि आक्रमण, ४५ पाकिस्तानी सैनिक मारिएको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण