शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

स्थानीय चुनावमा भाग लिने राजपा नेपालको संकेत

शुक्रबार, १९ जेठ २०७४, १४ : २६
शुक्रबार, १९ जेठ २०७४
काठमाडौ, जेठ १९ –राष्ट्रिय जनता पार्टी, नेपाल स्थानीय तहको निर्वाचनमा भाग लिन सकारात्मक देखिएको छ । पार्टीका नेता लक्ष्मण लालकर्णले आफूहरु निर्वाचन विरोधी नभएको भन्दै नयुनतम विषयमा दलहरु सहमतिमा आए राजपा नेपाल चुनावमा भाग लिन तयार रहेको स्पष्ट पारे । शुक्रबार काठमाडौंमा संचारकर्मीसँग कुरा गर्दै नेता कर्णले आफूहरुको न्यूनतम माग सम्बोधन गरेर सरकारले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउनुपर्ने माग राखे । मधेश आन्दोलनका क्रममा सहिद भएकाका परिवारलाई क्षतिपूर्ति दिने, झुटा मुद्दा फिर्ता लिने लगायतका काम गरेर भएपनि सरकारले निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने नेता कर्णको भनाइ छ । राष्ट्रिय जनता पार्टी, नेपालले निर्वाचनको मिति असार १४ गते सारेर सरकारले निर्वाचनमा जाने वातावरण बनाउन प्रयास गरेको प्रतिक्रिया पनि दिएको छ । यस अघि पार्टीले स्थानीय तहको संख्या जनसंख्याका आधार थप नगरिए निर्वाचनमा भाग लिन नसकिने अडान राख्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप