शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संयोग ! २१ गते बालुवाटार छिरेका प्रचण्डले २१ गते नै बालुवाटार छाड्दै

शनिबार, २० जेठ २०७४, ०९ : ३९
शनिबार, २० जेठ २०७४

जेठ २०, काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि आइतवार सरकारी निवास छाड्ने भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले सरकारी निवास बालुवाटार छाड्ने गरी तयारी गरेका छन् । गत साउन १९ मा प्रचण्ड प्रधानमन्त्री भएका थिए । लगत्तै उनी साउन २१ सरकारी निवास बालुवाटार सरेका थिए । सरकारी निवास छाडेर प्रचण्ड यस अघि बस्दै आएको लाजिम्पाटस्थित निवासमा सर्ने छन् । १० महिनाको बालुवाटार बसाईपछि प्रचण्डले सरकारी निवास छाड्न लागेका हुन् । अर्थात २१ साउनमा बालुवाटार गएका प्रचण्डले २१ जेठमा बालुवाटार छाड्न लागेका हुन् । भोली नै नयाँ प्रधानमन्त्रीका लागि संसदमा निर्वाचन हुँदैछ । काँग्रेस–माओवादी गठबन्धन सहमति अनुसार काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्दैछन् । प्रधानमन्त्री भएलगत्तै देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जानेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप