समाचार
संघीय संसद् सचिवालयद्वारा २२ पुसमा सर्वदलीय बैठक आह्वान
आइतबार, १७ पुस २०७९, २० : १८
संघीय संसद् सचिवालयले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले २२ पुसमा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक सञ्चालन, प्रतिनिधिसभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँडका विषयमा छलफल गर्न राणाले २२ पुसमा बैठक बोलाएका हुन् ।
हालै सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । यस्तै, पाँचजना स्वतन्त्र सांसद विजयी भ्एका छन् । सातवटा दल मात्र राष्ट्रिय पार्टी बनेका थिए ।
संसदमा कांग्रेसका ८९, एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाको १४, जसपाको १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोसपाका चार, नागरिक उन्मुक्ति पार्टीका तीन सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जडेजाको आउटले सृजना गरेको विवाद, आईपीएलको इतिहासमै तेस्रोपटक यस्तो आउट
-
यूपीमा चाउचाउ खाँदा १२ वर्षीय बालकको मृत्यु
-
स्वास्थ्य सेवामा राज्यले सहजीकरण गर्ने अवस्था आएको छ : डा.कोइराला
-
अफगानिस्तानमा बाढीको वितण्डा, मर्नेको सङ्ख्या ३१५ जना नाघ्यो
-
९ वटा बैंकले घटाए ब्याजदर, ३ वटा बैंकको बढ्यो
-
योग र ध्यानलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ