यामलाल कँडेल भन्छन् : नाकाबन्दीका बीचमा पनि कर्णालीमा एमाले पहिलो पार्टी
कर्णाली प्रदेश सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् । प्रतिकुल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुत पनि कर्णालीमा एमाले पहिलो पार्टी बनेको बताएका हुन् ।
सोमबार कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै नेता कँडेलले प्रत्यक्षमा तल–बितल भएपनि पार्टीको मतको हिसाबमा एमाले पहिलो भएको बताए ।
साथै कँडेलले अहिले प्राप्त संविधानमाथि धावा बोल्ने कामहरु भइरहेको बताए । उनले भने, ‘संघीयतामाथि प्रश्न उठाइरहेका छन्, पहिलो कार्यकाल प्रश्नको उत्तर दिने नभई प्रश्न पनि प्रश्न उठाउँदैमा बित्यो । त्यसैले अब प्रदेशको औचित्यलाई पुष्टि गर्नेतर्फ ध्यान दिन सक्नुपर्छ । यदि सकिएन भने संघीयतामाथि प्रश्न उठ्न सक्छ ।’ साथै कँडेलले अहिलेको राजनीतिमा बनाउने भन्दा बन्ने हावी हुँदा जननतामा वितृष्णा पैदा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण