आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

यामलाल कँडेल भन्छन् : नाकाबन्दीका बीचमा पनि कर्णालीमा एमाले पहिलो पार्टी

सोमबार, १८ पुस २०७९, १५ : १३
सोमबार, १८ पुस २०७९

कर्णाली प्रदेश सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णालीमा एमाले पहिलो पार्टी बनेको दाबी गरेका छन् । प्रतिकुल राजनीतिक परिस्थिति र नाकाबन्दीका बाबजुत पनि कर्णालीमा एमाले पहिलो पार्टी बनेको बताएका हुन् । 

सोमबार कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्दै नेता कँडेलले प्रत्यक्षमा तल–बितल भएपनि पार्टीको मतको हिसाबमा एमाले पहिलो भएको बताए । 

साथै कँडेलले अहिले प्राप्त संविधानमाथि धावा बोल्ने कामहरु भइरहेको बताए । उनले भने, ‘संघीयतामाथि प्रश्न उठाइरहेका छन्, पहिलो कार्यकाल प्रश्नको उत्तर दिने नभई प्रश्न पनि प्रश्न उठाउँदैमा बित्यो । त्यसैले अब प्रदेशको औचित्यलाई पुष्टि गर्नेतर्फ ध्यान दिन सक्नुपर्छ । यदि सकिएन भने संघीयतामाथि प्रश्न उठ्न सक्छ ।’  साथै कँडेलले अहिलेको राजनीतिमा बनाउने भन्दा बन्ने हावी हुँदा जननतामा वितृष्णा पैदा भएको बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप