खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङ बनाउने योजनाको किन हुँदैछ विरोध ?
खुलामञ्च, सबैका लागी सधै खुला। चाहे राजतन्त्र होस् या गणतन्त्र। स्वतन्त्रताको विगुल फुक्न होस् या सत्ताको प्रतिकार गर्न होस्। खुलामञ्च सँधै सबैको साझा बन्यो। दुरदराजबाट सपनाको तान बुन्दे राजधानी छिरेको बेरोजगार युवाले सुस्ताउने घर हो खुलामञ्च। हुँदा खानेहरुको भरोषाको केन्द्र पनि हो।
सँधै सबैलाई बर्षोदेखि खुला खुलामञ्च अब बन्द गरिँदैछ। काठमाडौ उपत्यकाको सुन्धारा क्षेत्रमा पाकिङलाई सहज बनाउने भन्दै काठमाडौ महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउने निर्णय गरेको छ। गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पूनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो। करौडौ रुपैयाको लागतमा काठमाडौंको मुख्य क्षेत्र मानिने खुलामञ्चको स्वरुप बिगार्न लागिएको भन्दै सम्पदाविद र अभियन्ता आन्दोलनमा छन्।
काठमाडौं महानगरपालिकाले खुलामञ्चलाई अहिलेको अवस्था मै हुनुपर्ने र मास्न नपाइने अभियन्ताको माग छ। प्राचिन हिटी प्रणालीसँग जोडिएको खुलामञ्चको प्राकृतिक रिचार्ज सिष्टम र अन्य नकारात्मक वातावरणीय प्रभाव पर्ने भएकाले खुलामञ्चलाई चलाउन नहुने उनीहरूको तर्क छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण